नेपालखोज दिनभर : खबर सारांश
दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने अध्ययनको निष्कर्ष ।
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो ।
हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड ।
मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध उपप्राध्यापक प्रेम चलाउनेले गरे मुद्दा दायर ।
हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइयो ।
अदालतको अन्तरिक आदेशपछि हिसानको शैक्षिक मेला गर्ने बाटो खुल्यो ।
नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने सरकारको अनुमति ।
प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल सकियो ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने ।
साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिकको प्रयोगमा निषेध ।
नेप्सेमा दोहोरो अंकले गिरावट, तीन अर्ब ४९ करोडको सेयर किनबेच ।
मोजाम्बिकमा एड्सका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु ।
होन्डुरसमा दुई गिरोहबीच झडप, ४१ जनाको मृत्यु ।
साफ च्याम्पियनसिपमा कुवेतसँग नेपाल ३-१ ले पराजित ।
एसियाडका लागि छ खेलाडी छनोट ।
प्रतिक्रिया