बिहीबार, असार ५, २०८२

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल

नेपालखोज २०८० असार ७ गते १२:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव गङ्गा दाहालका अनुसार समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा तथा पार्टी एकताबारे दुई शीर्ष नेताबिच गम्भीर छलफल भएको हो ।

प्रतिक्रिया