ओखलढुंगाको बिलन्दु पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
नेपालखोज
२०८० असार ८ गते १०:२२

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ को बिलन्दु पहिरोमा परी बेपत्ता भएका १० वर्षीय बालकको शव फेला परेसँगै मृतकको संख्या ४ पुगेको छ ।
उक्त पहिरोमा परी मृत्यु हुनेहरुमा स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, उहाँकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोले ४ घर बगाएको र बाक्लो वस्ती रहेको विलन्दु गाउँका दर्जनौँ घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी दीपकबहादुर केसीले जानकारी दिए ।
अहिले घटनास्थलमा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयलगायतको सक्रियतामा उद्दार कार्य जारी छ ।
सम्बन्धित
प्रतिक्रिया