तातो हावा तथा लूबाट कसरी बच्ने ?
नेपालखोज
२०८० असार ८ गते १८:३८

काठमाडाैं । तातो हावा/ लू बाट बच्न निम्न कुराहरू ध्यान दिनुहोस्।
- पानी पटक पटक पिउने
- दिनको चर्को घाममा सकभर घर बाहिर ननिस्कने
- खेतबारीको काम साँझ बिहान गर्ने
- घाममा घर बाहिर निस्कन परे पातलो सुती को कपडाले मुख छोप्ने । गम्छा, टोपी वा छाता को प्रयोग गर्ने
- जुत्ताको सट्टा खुल्ला चप्पल लागाउने
- निम्बु पानी, नरियल पानी, महि जस्ता पेय पदार्थ को सेवन गर्ने
- फलफूल खाने
- हल्का सुतीको खुल्ला कपडा लगाउने
- गर्मीको समयमा बजारकाे पैक गरेको खाना न खाने
- ताजा फल, सलाद वा घरमा बनाएका चिज मात्र खाने
- चक्कर, उल्टी वा सास फेर्न गाह्रो भएमा नजिकको अस्पताल वा स्वास्थ्य सँस्था जाने
- बुढाबुढी र दीर्घ रोगीको बिशेष ख्याल गर्ने
सम्बन्धित
प्रतिक्रिया