मंगलबार, असार १७, २०८२

यक्ष प्रश्नमा लुकेको छ, जीवनको सार

हरिविनोद अधिकारी २०८० असार १० गते ५:४३

यी कुराहरू आजभन्दा ६ हजार वर्ष अघि लेखिएको र सोही विषयको ज्ञान महर्षि व्यासले आफ्ना शिष्यहरू शुकदेव, पैल, वैशम्पायन र जैमिनिलाई सुनाउनु भएको थियो । महाभारतको युद्ध समाप्त भएपछि कलियुगको सूत्रपात भइसकेको बेलामा पाण्डवका एकमात्र आधिकारिक कुरुवंशीय भनेर जीवित सन्तान परीक्षितको पनि सर्पदंशबाट मृत्यु भएपछि उनका छोरा जन्मेजयलाई व्यासको कथनानुसारको कुरुवंशीय इतिहास वैशम्पायनले सुनाएका थिए ।

हुन त जैमिनिले पनि सुनाएका थिए भनिन्छ तर आजको महाभारतचाहिँ वैशम्पायनले सुनाएका इतिहास र कथाका सार मानिन्छ । त्यही क्रममा पाँच हजार वर्षभन्दा पहिलेको समाज, राजनीति, नैतिकता, धर्म, सत्य र सदाचारका बारेमा यक्षको स्वरूपमा स्वयं धर्मराजले सोधेका भनिएको र युधिष्ठिरले युगीन जवाफ दिएको मानिएको यक्ष प्रश्नहरू दुई भागमा प्रस्तुत गरिएको हो। आजको समाजसँग हिजोको, त्यो पनि पाँच हजार वर्षभन्दा पहिलेका समाज, राजनीति र कार्यप्रक्रियाका बारेमा यहाँ सकेसम्म महाभारतको सारलाई यथावत् सार्न खोजिएको छ ।

प्रश्न —ब्राह्मणको देवत्व के होरु उनमा सत्‌पुरुषमा हुनुपर्ने धर्म के होरु मनुष्यता के होरु असत्‌पुरुषको जस्तो आचरण के होरु

उत्तर —वेदको स्वाध्यायन नै ब्राह्मणको देवत्व हो। तपस्या सत्पुरुपको जस्तो कर्म हो, मर्नु मानुषी भाव हो र परनिन्दा असत्‌पुरुषको जस्तो आचरण हो।

प्रश्न —क्षत्रियको देवत्व के होरु उनीहरूमा सत्‌पुरुषको जस्तो धर्म कुन होरु उनीहरूमा असत्‌पुरुषहरूको जस्तो आचरण के होरु

उत्तर — वाण विद्या क्षत्रीहरूको देवत्व हो, यज्ञ सत्‌पुरुषको जस्तो कर्म हो, भय मानवी भाव हो, दीनदुःखीहरूको रक्षा नगर्नु असत्‌पुरुषहरूको जस्तो आचरण हो।

प्रश्न —कुन एक वस्तु यज्ञीय साम होरु कुन एक वस्तु यज्ञीय यजुः होरु कुन एक वस्तु यज्ञमा वरण गरिन्छरु कुन एक वस्तुलाई यज्ञले पनि अतिक्रमण गर्न सक्दैनरु

उत्तर —प्राणी नै यज्ञीय साम (यज्ञको गीत तथा संगीत) हो। मन नै यज्ञीय यजुः हो। एकमात्र ऋक् नै यज्ञको वरण गर्छ र एउटा ऋक्‌को मात्र यज्ञले अतिक्रमण गर्न सक्दैन। ९सामको अर्थ हो सामवेद, ऋक्‌को अर्थ हो ऋक्‌वेद, यजुःको अर्थ हो यजुर्वेद० अर्थात् यज्ञको व्यवस्थापक मानिस हो, उसको मनले यज्ञको सुरुवात हुन्छ र ऋचाको लयबद्ध आवाजले यज्ञको काम सुरु हुन्छ, त्यही ऋचा मात्र अनतिक्रम्य हुन्छ।

प्रश्न — आवपन ९देवतर्पण० गर्नेका लागि के श्रेष्ठ होरु निवपन ९पितृतर्पण० गर्नेका लागि कुन चिज श्रेष्ठ होरु प्रतिष्ठा चाहनेका लागि कुन चिज श्रेष्ठ होरु सन्तान चाहनेहरूका लागि कुन चिज श्रेष्ठ हुन्छरु

उत्तर — आवपन गर्नेका लागि वर्षा सर्वश्रेष्ठ फल हो। निवपन गर्नेका लागि वीज ९धनधान्यादि सम्पत्ति० श्रेष्ठ हुन्छ, प्रतिष्ठा चाहनेका लागि गाई ९ बहुआयामिक, बहुप्रयोग तथा दूध दिएर आमासरह पाल्ने० सर्वश्रेष्ठ मानिन्छ र सन्तान चाहनेका लागि पुत्र श्रेष्ठ हुन्छ।

प्रश्न — सुत्दा पनि कसले आँखा चिम्लँदैनरु जन्मेर पनि कसले चेष्टा देखाउँदैनरु हृदय कोसँग हुँदैनरु र वेगसँग को दौडन्छरु

उत्तर —माछा सुत्दा पनि आँखा चिम्लँदैन। अण्डा जन्मेर पनि चेष्टा देखाउँदैन र ढुङ्गामा हृदय हुँदैन अनि नदी वेगले मात्र बढ्छ।

ins

प्रतिक्रिया