राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्दै
नेपालखोज
२०८० असार १० गते ६:१२

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ ।
आजका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया