फिफाले गर्याे युएईमा आयोजना गर्न लागिएको बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित

नेपालखोज २०८० असार १० गते १३:२०

दुबई । फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ ।

फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो ।

युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो । दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो।

प्रतिक्रिया