कोसी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी
नेपालखोज
२०८० असार ११ गते १५:१६

विराटनगर । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि आब्हान गरिएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गते सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले तेस्रो अधिबेशनको आब्हान गरेका हुन् ।
बैठक दिउँसो १ बजे कोशी प्रदेश सभाहलमा हुनेछ । कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्त्य भएको थियो । कोशी प्रदेश सरकालाई सत्ता साझेदारदलहरुले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि अधिबेशन आब्हान गरिएको हो ।
सत्ता साझेदार जसपाले जेठ १७ गते सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो । ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने भएकाले सरकारले विशेष अधिबेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारीस गरेको हो ।

सम्बन्धित
प्रतिक्रिया