सातौं प्रधानमन्त्री कप क्लब लिग भलिबल असार अन्तिम साताबाट

काठमाडाैं । सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता आयोजना हुने भएको छ । नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० गतेसम्म हुने जनाएको छ ।
सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले प्रतियोगितामा सहभागी हुने छन् । महिलातर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिवल क्लबबुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने छ ।
त्यस्तै पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लव, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ बलब, नेपाल प्रहरी, दावालीमिलन क्लब, केशवलाल स्मृती-प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरि ८ क्लबको सहभागिता हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५०हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३५ हजार , उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५-१५ हजारप्राप्त गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया