आइतबार, जेठ ६, २०८१

ओभरथिंकिङबाट कसरी जोगिने ?

नेपालखोज २०८० असार १२ गते ५:४५

विचारविमर्शलाई नेताको सबैभन्दा महत्त्वपूर्ण गुण मध्ये एक मानिन्छ, तर धेरै पटक हामी कुनै कुराको अवलोकन गर्दा धेरै सोच्न थाल्छौं। हामीसँग चीजहरूको राम्रो समझ हुन सक्छ, तर यस्तो अवस्थामा तनाव र बेचैनी हुन सक्छ । कसरी कम समयमा राम्रा निर्णयहरू लिन र आफूलाई अति(विचारबाट जोगाउन सकिन्छ ख्याल गर्नुपर्छ ।

परफेक्शनका बारेमा नसोचौं

परफेक्शनका बेफाइदा धेरै छन्। यसको पछाडि काम गर्ने सोच के हो भने या त धेरै राम्रो काम गर्नु पर्छ वा गर्नु हुँदैन, जुन आफैमा गलत छ। यसबाट जोगिन आफैलाई सोध्नुहोस् कि कुन निर्णयले आफ्नो प्राथमिकतामा सकारात्मक प्रभाव पार्न सक्छ। आफुसँग भएको जानकारीका आधारमा अहिले आफ्नो उत्तम कदम के हुन सक्छ।

अन्तर्ज्ञानको फाइदा

यदि अन्तर्ज्ञान तेज छ भने दिमागले कुनै पनि अवस्था तुरुन्तै बुझ्न सक्छ । मस्तिष्कले आफ्ना अनुभवहरूबाट सिकेर उत्तम निर्णयहरू गर्न मद्दत गर्न सक्छ। अनुसन्धानले देखाउँछ कि यदि अन्तर्ज्ञान र विश्लेषणात्मक सोच एक साथ जान्छ भने हामि राम्रो निर्णय लिने कुरालाई गुमाउन सक्दैनौ । यसमा हामिले राम्रो छनौट पनि गर्न सक्छौ ।

निर्णय लिने कामले पनि थकाउँछ

सामान्यतया दिनभरि धेरै ठूला(साना निर्णयहरु लिइन्छ। खानामा के खाने देखि।।। इमेलमा के जवाफ दिने।।। सम्म। प्रत्येक निर्णयले हामिलाई मानसिक एवं भावनात्मक रूपमा थकित तुल्याउँछ । यस्तो अवस्थामा आफ्नो ब्रेन पावरलाई जोगाउन आवश्यक हुन्छ । आफ्ना लागि एउटा निश्चित दिनचर्या बनाइ त्यसमा अडिग रहनुपर्छ । यसबाट धेरै साना निर्णयहरू लिनबाट जोगिन सकिन्छ ।

आफैंलाई समय सीमा

धेरै सोचबिचार गर्ने बानिलाई समयमै रोकिएन भने यो बानि समयसँगै बढ्दै जान्छ र लतमा परिणत हुन्छ। यदि एउटा विषयका बारेमा एक हप्ता भन्दा बढी सोचिन्छ तर त्यसका लागि एक घण्टा मात्र पर्याप्त थियो भने के बुझनु पर्छ भने वास्तवमा हामिले आफ्नो पुरा हप्ता पूर्ण रूपमा बर्बाद गर्योै। यसबाट जोगिन आफैलाई समय सीमा ९ डेटलाइन ० दिनुपर्छ । यसबाट हामिले आफ्नो विश्वसनीयता पनि निर्माण गर्न सक्नेछौं ।

प्रतिक्रिया