एमालेले गर्याे मत विभाजनको माग

नेपालखोज २०८० असार १३ गते १६:२२

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मत विभाजनको माग गरेको छ ।

सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गरेपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरेका हुन् ।

उनले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेका बताए । मत विभाजन माग भएपछि सभामुख घिमिरेले सोही अनुसार प्रक्रिया अगाडि बढाएका छन् ।

प्रतिक्रिया