इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदमा आज सार्वजनिक बिदा
नेपालखोज
२०८० असार १४ गते ६:५५

काठमाडाैं । इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
‘नेपाल राजपत्रमा मिति २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

सम्बन्धित
प्रतिक्रिया