छनोटको सुपर–६ : विश्वकप खेल्ने टिकटको नजिक को ?

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भइसकेको छ । यो प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ५ मा इंग्ल्याण्ड र न्युजिल्यान्ड भिड्दै छन् । यसअघि ६ वटा देश आइसिसी क्रिकेट विश्वकप-२०२३ को छनोटमा आज देखि आमने सामने हुँदै छन् ।
यी ६ देश मध्ये कुनै दुई देश विश्वकपका लागि छनोट हुनेछन्। सुपर सिक्सका लागि भएको १० टिमको प्रतिस्पर्धामा नेपाल २ हार र १ जितका साथ बाहिरीसकेको छ ।
सुपर सिक्समा कडा प्रतिस्पर्धा हुने अपेक्षा
आइसिसी क्रिकेट विश्वकप २०२३ छनोटको समूह चरण सकिदा श्रीलङ्का र जिम्बावे अग्रस्थानमा छन् । सुपर सिक्स चरण आज बिहीबार सुरु हुँदै छ । समूह ‘ए’ र ‘बी’ मा परेका ६ टिमको टुङ्गो अन्तिम चरणको खेलअघि नै तय भइसकेको थियो।
समस्यामा वेस्ट इन्डिज र ओमान
जिम्बाब्वे र श्रीलङ्का सुपर सिक्सको तालिकामा बलियो स्थानमा छन् भने बलियो मानिएका वेस्ट इन्डिज र ओमान खतरामा छन् । प्रत्येक टोलीले सुपर सिक्स चरणमा समूहका खेलबाट अङ्क लिनेछन्। जसको मतलब जिम्बाब्वे र श्रीलङ्का दुवै चार अंकमा, नेदरल्यान्ड र स्कटल्यान्ड दुई अङ्क र वेस्ट इन्डिज र ओमान ० अङ्कले अगाडि हुनेछन्।
अब प्रत्येक टिमले तीन वटा थप खेल खेल्न बाँकी छ, जसबाट विश्वकप खेल्ने दुई टिमको टुङ्गो लाग्नेछ । श्रीलङ्काले यो छनोट प्रतियोगिताको उच्च स्थानको टिमका रूपमा सहभागी थियो र उ अहिले यो वर्षको अन्त्यमा भारत पुग्ने राम्रो स्थितिमा छ।
प्रतियोगितामा अहिलेसम्मका चार खेलमा १८ विकेट लिएका वानिन्दु हसरङ्गा राम्रो फर्ममा रहेकाले श्रीलङ्का आत्मविश्वासी पनि छ।







प्रतिक्रिया