आइतबार, जेठ ६, २०८१

मानसिक स्वास्थ्यको व्यवस्थापन   

नेपालखोज २०८० असार १५ गते ८:४६

मानसिक रूपमा स्वस्थ रहन यसको पनि दैनिक हेरचाहको आवश्यकता हुन्छ । यसको लागि दैनिक शारीरिक अभ्यास (सामान्य हिँड्डुल, दौडने आदि) गर्ने, आफूलाई मनपर्ने सिर्जनात्मक क्रियाकलाप गर्ने, सकारात्मक सोच राख्ने गर्नुपर्दछ । यस्तो गर्दागर्दै पनि कहिलेकाही विभिन्न तनाव वा मानसिक अस्वस्थता हुन सक्छ । जसरी शारीरिक विसञ्चो भएमा हामी उपचार गर्छौ र निको हुन्छ । यसैगरी मानसिक अस्वस्थता पनि उपचारबाट निको हुन्छ । 

नेपालमा मानसिक स्वास्थ्य साक्षरताको अभावमा मानसिक स्वास्थ्यको बारेमा विभिन्न प्रकारका कलङ्क, भेदभाव, लाञ्छना, अन्धविश्वास र गलत धारणाहरू भएको पाइन्छ । मानसिक समस्या समाधानकोलागि धामीझाँक्रीको सहयोग लिइन्छ, जुन बहुसांस्कृतिक परिवेशमा वैकल्पिक मनोविमर्श वा मनोचिकित्साको माध्यम हुन्छ भनी अनुसन्धानहरूबाट पनि प्रमाणित भएको छ ।  मानसिक स्वास्थ्य के हो ? 

मानसिक स्वास्थ्य के होइन ?हाम्रो समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण पाटो लज्जास्पद विषयशारीरिक स्वास्थ्यसँग पनि सम्बन्धितअसफलता वा कमजोरीको चिह्नहरेक व्यक्तिको आधारभूत अधिकारआफूले चाहेको बेला मानसिक रूपमा स्वस्थ रहन सकिनेहाम्रो कोसिसबाट स्वस्थ राख्न सकिने लुकाउनुपर्ने वा छलफल गर्न नहुनेदैनिक रूपमा हेरचाह गर्नुपर्ने  सधैँ खुसी हुनुपर्ने वा कुनै चुनौती सामना गर्न नपर्ने अभिभावकले आफैँ आफ्नो स्थिति थाहा पाई निम्नानुसार कार्य गर्दापनि तनाव व्यवस्थापन भई मानसिक रूपमा स्वस्थ हुन सकिन्छ ।

आफूले आफूलाई नियन्त्रण गर्न नसकेको अवस्थामा प्रत्येक गाउँ तथा नगरपालिकामा रहेका मनोसामाजिक परार्शदातासँग सम्पर्क गर्नेघट वा नजिकैको अस्पतालहरूमा सम्पर्क गरी उपचार गर्नुपर्दछ । स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया