एसीसी इस्टर्न जोन यू-१६ क्रिकेट : नेपालले मलेसियासँग खेल्दै

नेपालखोज २०८० असार १५ गते ६:४०

काठमाडाैं । एसीसी इस्टर्न जोन यू-१६ क्रिकेटमा नेपालले आज मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल बिहान सवा ७ बजे सुरु हुने छ ।

नेपाल र मलेसिया दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलको नतिजाले समूह विजेता र उप विजेताको टुंगो लाग्ने छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २२५ रनले पराजित गरेको थियो भने मलेसियाले पनि थाइल्याण्डमाथि ११८ रनले पराजित गरेको थियो । नेपाल आज पनि जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।

थाइल्याण्डलाई ४४ रनमै अलआउट गरेको नेपालले आज पनि सोही प्रदर्शन कायम राख्ने लक्ष्य भने लिएको छ ।

प्रतिक्रिया