मंगलबार, वैशाख ३०, २०८२

साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० असार १६ गते २१:२१

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, याे हप्ता सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क व्यवस्था गरिएकाे छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

२,  बालुवाटारस्थित सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा पक्राउ परेकालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, प्रतिनिधिसभाबाट बजेट बहुमतबाट पारित भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७, असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेकाे छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०, काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

११, यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय दुई दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया