उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

नेपालखोज २०८० असार १९ गते ५:५१

काठमाडाैं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । उपाधिको यो भिडन्त अहिले बिहान ७ : १५ बाट मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ तथा मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया