आइतबार, वैशाख १४, २०८२

मोबाइल फोन धेरै चलाउनु हुन्छ ? तपाईँलाई नोमोफोबिया त भएको छैन ?

नेपालखोज २०८० असार १९ गते ९:३७

आजभोली मोबाइल फोन मानिसको आवश्यकता बनेको छ । मोबाइल फोन मार्फत कुनै पनि काम घरमै बसेर होस् वा घर बाहिर सजिलै गर्न सकिन्छ ।

तर यदि कुनै चीजको अत्यधिक प्रयोग भयो भने यसले तपाईँलाई समस्या निम्त्याउन सक्छ । मोबाइलको कुरा पनि त्यस्तै हो । आवश्यकताभन्दा बढी मोबाइल प्रयोग गर्ने बानी नोमोफोबियाको कारण बन्न सक्छ । आउनुहोस् नोमोफोबिया, यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूका बारेमा चर्चा गरौ ।

नोमोफोबिया भनेको के हो ?

जब मानिसलाई मोबाइल फोनको लत लाग्छ, त्यसलाई मेडिकल भाषामा नोमोफोबिया भनिन्छ । यो शब्द ‘नो मोबाइल फोबिया’ बाट बनेको हो ।

अर्थात साथमा मोबाइल नहुदाँ र नचल्दाको छटपटी हुन्छ। यसमा मानिसलाई एक प्रकारको फोबिया हुन्छ र उसले आफ्नो मोबाइल आफूबाट टाढा नहोस् भन्ने चाहन्छ ।

नोमोफोबियाको अवस्थामा व्यक्ति मोबाइल बिना बाँच्न सक्दैन। यसप्रकार नोमोफोबियाले मानिसको मस्तिष्कलाई असर गर्छ।

नोमोफोबियामा यस्ता लक्षण देखिन्छन् ?

  • मोबाइल फोन बारम्बार हेर्नु ।
  • मोबाइललाई केही समयको लागि पनि टाढा राख्न नचाहनु ।
  • मोबाइलमा केही समस्या छ भने आत्तिनु, निराश हुनु ।
  • बारम्बार कल, सन्देश वा सूचनाहरू जाँच गर्नु ।
  • इन्टरनेटले काम नगरेकोमा चिन्ता गर्नु, छटपटी लाग्नु ।
  • मोबाइल स्विच अफ गर्न मन नपराउनु ।
  • मोबाइल चलाउन नपाउँदा थर थर काम्नु , पसिना आउनु , श्वास बढ्नु ।

स्वास्थ्यमा मानोमोफोबियाको असर

नोमोफोबिया एक मानसिक रोग हो वा होइन, यो अहिलेसम्म प्रमाणित भएको छैन, तर यसले मस्तिष्कलाई अवश्य असर गर्छ । जसका कारण शरीरमा मेलाटोनिनको मात्रा घट्छ र राती सुत्न समस्या हुन्छ ।

यसबाहेक, नोमोफोबियाले मानिसमा एन्जायटी निम्त्याउँछ साथै आँखालाई पनि असर गर्छ। यसका कारण आँखामा पानी आउने समस्या हुन सक्छ, जसले दृष्टि सिन्ड्रोमको रूप लिन सक्छ ।

नोमोफोबियाबाट कसरी बच्ने ?

मोबाइल प्रयोगको लागि समय सीमा तोक्नुहोस् र सोही अनुसार मोबाइल प्रयोग गर्नुहोस् । आफ्नो फोनमा उपयोगी एपहरू मात्र राख्नुहोस ।

मोबाइलमा आउने नोटिफ़िकेसन बन्द गर्नु होस् , यसबाट फोन बारम्बार जाँच गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ । मोबाइलको प्रयोगलाई कमी गर्न घुम्न जाने, बाहिरी खेल खेल्ने, किताब पढ्ने जस्ता केही फलदायी काम गर्ने प्रयास गर्नुहोस् ।

मोबाइलमा समय बिताउनुको सट्टा आफ्ना साथीहरू, नजिकका व्यक्तिहरू र परिवारका सदस्यहरूसँग समय बिताउनुहोस् । राती सुत्ने समयमा मोबाइल म्यूट वा बन्द गर्नु होस् ।

(यो सामाग्री सचेतनाका लागि हो, कुनै पनि उपाय अपनाउनु अघि डाक्टरसँग परामर्श लिनुपर्छ । )

GNB / INS

प्रतिक्रिया