आइतबार, पुष ६, २०८२

आठ कलाकारलाई लोकदोहोरी गीत प्रतिष्ठानको सम्मानार्थ सदस्यता

नेपालखोज २०८० असार १९ गते १५:४०

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले ८ जना कलाकारलाई सम्मानसहित सदस्यता प्रदान गरेको हो।

सदस्यता प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल छन्।

कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठानले केही समयअघि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो।

प्रतिष्ठानले आगामी भदौ महिनामा संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने निर्णय समेत गरेको छ ।

तस्बिर : रिता थापा मगरको फेसबुक वालबाट

प्रतिक्रिया