शनिबार, वैशाख १३, २०८२

साउनमा सात्त्विक भोजनको महत्त्व 

नेपालखोज २०८० असार २४ गते ५:३४

काठमाडौं । साउनमा धेरैजसोले शुद्ध शाकाहारी खाना खान्छन् । यसका लागि स्वास्थ्यका दृष्टिले फाइदाजनक मौसमी सागसब्जी तथा फलफूल खाने प्रयास गरिन्छ, तर किन ? के तपाईँले कहिल्यै सोच्नुभएको छ ? वास्तवमा यो मौसममा मानिसलाई पेटसम्बन्धी समस्या बढी हुन्छ । यति मात्र होइन यो मौसम धेरै जीवहरूको प्रजनन मौसम हो र तिनले तरकारी देखि लिएर दूध सम्म लाई दूषित बनाइरहेका हुन्छन् । 

यस्तो अवस्थामा पात भएका तरकारी तथा दूधको सेवन पेटको सङ्क्रमणको कारण बन्न सक्छ । यसले हामीलाई गम्भीर बिरामी बनाउन सक्छ। त्यसैले आयुर्वेदले यो ऋतुमा व्रत र सात्त्विक भोजन गर्ने विधि बताएको छ । पहिले जानौँ सात्त्विक भोजनमा कुन चीजहरू (सात्त्विक खानाहरू) खानुपर्छ।

सात्त्विक भोजनमा यी खानेकुरा समावेश गर्नुहोस् : 

ताजा फलफूल : सात्त्विक आहार एउटा शुद्ध शाकाहारी आहार हो जसमा हामी धेरै प्रकारका फलफूल समावेश गर्न सक्छौँ । उदाहरणका लागि आँप, मेवा, जामुन, अनार र अम्बा आदि । यी सबै पेटका लागि फाइदाजनक हुन्छन् र यसमा राम्रो मात्रामा फाइबर हुन्छ। 

अन्न : अन्नमा मोटा अन्नहरू जस्तै कोदो, जौ र भटमासलाई आहारमा समावेश गर्न सकिन्छ । यी अनाजमा उच्च फाइबर र प्रोटिन पाइन्छ र यसबाट सुगर तथा कोलेस्ट्रोलको समस्यामा फाइदा मिल्छ । 

अङ्कुरित अन्न : अङ्कुरित अन्नहरू जस्तै: चना, मेथी, आलस र मुङ आदिको सेवन यो मौसममा फाइदाजनक हुन सक्छ । यी अन्न फाइबरमा धनी हुन्छन् र यसले पाचन प्रणालीलाई गति दिनुका साथै वजन घटाउन समेत मद्दत गर्छन् । यसबाहेक यी खानेकुरामा प्रोटिन पनि प्रशस्त हुन्छ जसले शरीरलाई ऊर्जा दिने काम गर्छ। 

ताजा जडिबुटी र मह : यो सिजनमा धेरै सङ्क्रमण हुन्छ । जस्तै रुघाखोकी र फ्लुको सङ्क्रमण । यस्तो अवस्थामा बेसार , मरीच आदिको सेवन रोग प्रतिरोधात्मक क्षमता बढाउन र रोगहरूबाट बचाउन सहयोगी हुन्छ । हामी ज्वानो, ल्वाङ्ग आदिको सेवन पनि गर्न सक्छौँ । यसका अतिरिक्त स्वास्थ्यका लागि फाइदाजनक दाल पनि खान सकिन्छ । 

साउनमा सात्त्विक खानाको फाइदा : सात्त्विक भोजनले व्यक्तिलाई शान्त बनाउँछ र सद्भाव, ऊर्जा र उत्साहले भर्छ जुन राम्रो मानसिक स्वास्थ्यका लागि आवश्यक छ । दोस्रो, यो पेट का लागी राम्रो छ । यसले तौल घटाउन मद्दत गर्छ र शरीरमा बाथ , पित्त र कफलाई सन्तुलनमा राख्न मद्दत गर्छ। यसले हर्मोनल असन्तुलन तथा डिप्रेसन जस्ता समस्याहरूबाट समेत जोगाउँछ । 

नाेट : यो लेखमा उल्लेखित सल्लाह/सुझाव सामान्य जानकारी दिने उद्देश्यले प्रस्तुत गरिएका हुन् । यसलाई व्यावसायिक चिकित्सा सल्लाहका रूपमा लिनु हुँदैन । यदि यस विषयमा कुनै प्रश्न वा चिन्ता छ भने चिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया