मंगलबार, असार २४, २०८२

नेपालभन्दा कम जनसंख्या भएका यी देशले खेल्दैछन् एकदिवसीय विश्वकप !

नेपालखोज २०८० असार २४ गते ८:१०

काठमाडौं । यस वर्षको विश्वकप अक्टोबर ५ देखि भारतमा आयोजना हुँदै छ । १० टिमले सहभागिता जनाउने एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल छनोट हुन सकेन भने नेपालभन्दा कम जनसंख्या भएका मुलुक पनि यसमा सहभागी हुँदैछन् ।

विश्वकपका लागि उपाधि दाबेदार मानिने अस्ट्रेलियाको जनसंख्या नेपालको भन्दा कम छ । अस्ट्रेलियाको जनसंख्या (२.५७ करोड) छ । यस पटक छनोटमा नेपाल सँग प्रतिस्पर्धा गरेको नेदरल्याण्ड्सले पनि विश्वकपको टिकट पाएको छ । युरोपेली राष्ट्र नेदरल्याण्डको जनसंख्या १ करोड ७५ लाख मात्रै छ ।

न्युजिल्याण्ड पनि विश्वकपको महत्त्वपूर्ण सहभागी हो । न्यूजिल्याण्ड पनि एकदिवसीय विश्वकप – २०२३ को उपाधिको प्रबल दाबेदार हो । न्युजिल्याण्डको जनसङ्ख्या ५१.२ लाख मात्र छ (२०२१ मा) जुन काठमाडौं उपत्यका बराबरको जनसंख्या जस्तै हो ।

यसै गरी दक्षिणएशियाली सहभागी श्री लङ्का र अफगानिस्तान पनि थोरै जनसंख्या भएका मुलुक हुन् ।

प्रतिक्रिया