शुक्रबार, असार ६, २०८२

कोशी प्रदेशका तीन मन्त्रीले लिए शपथ

नेपालखोज २०८० असार २४ गते ११:४३

विराटनगर । कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ लिएका थिए भने सोही दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया