आइतबार, वैशाख १६, २०८१

गैंडाको गोबरमा प्लाष्टिकको अंश

नेपालखोज २०८० असार २६ गते ५:४०

प्लास्टिक विश्वका लागि ठूलो खतरा बन्दै गएको छ । मानिसमा मात्र नभई वन्यजन्तुमा पनि यसको उपस्थितिको प्रमाण दिनानुदिन सार्वजनिक हुँदै आएको छ । नेपालबाट पनि यस्तै समाचार अन्तर्राष्ट्रियकरण भएको छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडाको लिदि (गोबर ) मा प्लाष्टिकको फोहोर फेला परेको वैज्ञानिकहरुले बताएका छन् । जसले उनीहरुको स्वास्थ्य र जिवन ९ अस्तित्व ० लाई हानि पु¥याउन सक्छ ।

उल्लेखनीय कुरा के भने विशाल प्रजातिको एकसिङ्गे गैंडा (युनिकोर्निस) उत्तरपूर्वी भारत र नेपालको तराई क्षेत्रमा मात्र पाइन्छ। यी गैँडा ८ देखि २५ इन्च लामो बलियो कालो खाग तथा खैरो छालाद्वारा पहिचान गरिन्छ । आईयूसीएन ९ क्ष्ग्ऋल् ० का अनुसार आज संसारमा य‍ प्रजातिका २,१०० देखि २,२०० वयस्क गैँडा मात्र बाँकी छन् । यो प्रजातिको वयस्क गैँडाको लम्बाइ करिब १० देखि १२।५ फिट तथा तौल १८०० देखि २,७०० किलोग्राम हुन्छ।

यी एकसिङ्गे गैँडाको घर मानिने चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष मनसुनमा बाढी आउने गर्छ । असारदेखि भदौसम्मको वर्षाका कारण यहाँबाट बग्ने नदीमा बाढी आउँछ । बाढीका कारण यो पार्क पर्यटक तथा स्थानीयका लागि निषेधित क्षेत्र जस्तै हुन्छ । यो बाढीले साथमा नचाहेको पाहुना पनि लिएर आउँछ जसले यो निकुञ्जमा प्रदूषण निम्त्याउँछ । यो पाहुना अरु कोहि नभएर प्लाष्टिकको फोहोर हो । जब बाढीको पानी कम हुन्छ, प्लाष्टिकका बोतल, झोला र थैलीहरूले नदीको किनारहरू छोप्छन् जुन यी गैंडाको चरन क्षेत्र हो ।

यसका साथै यो निकुञ्जमा आउने पर्यटकले पनि फोहोर फाल्ने गरेका छन् जसमा प्लाष्टिकको फोहोर बढ्दै गएको छ । एक अध्ययनमा वैज्ञानिकहरूले सन् २०२०, २०२१ र २०२२ मा चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्षको मनसुन अवधि र त्यसपछिको तथ्याङ्क सङ्कलन गरेका छन् । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले गैँडाको लिदिको २५८ थुप्रोमध्ये १० दशमलव १ प्रतिशतमा प्लास्टिकको अंश फेला पारेका थिए ।

ग्लोबल इकोलोजी एन्ड कन्जर्भेसन जर्नलमा प्रकाशित यो अनुसन्धानको नतिजाले २०२१ मा गैँडाको गोबरको नमूनामा सबैभन्दा बढी प्लास्टिक भेटिएको देखाएको छ । जहाँ २०२० मा ७ प्रतिशत मात्र र २०२२ मा १० प्रतिशत नमूनामा प्लास्टिकका कण भेटिएको थियो । त्यसैगरी निकुञ्जको मुख्य क्षेत्रबाट लिइएका थप नमूनामा पनि प्लाष्टिक भेटिएको छ । त्यहाँ झण्डै १८ प्रतिशत नमूनामा प्लाष्टिकका कणहरू भेटिएको थियो जबकि सीमावर्ती क्षेत्रका नमूनाहरूमध्ये ६ प्रतिशतमा मात्र प्लाष्टिकका कण पाइएको थियो।

वैज्ञानिकहरूले गैंडा को लिदिमा कम्तीमा आठ प्रकारका प्लास्टिकको कण फेला पारेका छन्, जबकि दुईको पहिचान हुन सकेको छैन। यसमा कोलाको बोतलको बिर्को , प्लाष्टिकका बल, सुर्तिको पाउच, प्लाष्टिकका झोला, बिस्कुटका प्याकेट, रबर ब्याण्ड, चकलेटका प्याकेट, स्याम्पुका प्याकेट जस्ता कुराको कण फेला परेका थिए ।

प्रतिक्रिया