सोमबार, असार २३, २०८२

कतिको गयो युरोपमा जागिर

नेपालखोज २०८० असार २६ गते २१:२०

दशकौं पछिको उच्च मुद्रास्फीति र युक्रेन युद्धको प्रभावका कारण युरोपका धेरै कम्पनीहरूले आफ्ना कामदारहरुमा कटौती गरिरहेका छन् । युरोपको रोजगारीको स्थितिमा एक नजर :

अटो क्षेत्र : स्वीडेनको कम्पनी भोल्भोले २ हजार ९ सय जना कर्मचारी हटाउने घोषणा गरेको छ । स्वीडेनको आफ्नै अटोलिभ कम्पनीले जुनमा ८,००० मानिस हटाउने घोषणा गरेको थियो । बहुराष्ट्रिय कम्पनी स्टेलान्टिसले पनि २ हजार ३ सय जनालाई कामबाट निकाल्दैछ ।

खाद्य, खुद्रा तथा उपभोक्ता उत्पादन : फ्रान्सेली रिटेल चेन क्यारेफोरले ९७९ जनासम्म लाई निकाल्ने योजना बनाएको छ । बेलायतको खाना वितरण कम्पनी डेलिभरुले ३५० जनालाई बर्खास्त गर्न सक्छ । चश्मा बेच्ने एउटा जर्मन कम्पनीले सन् २०२५ सम्ममा सयौं रोजगारी समाप्त गर्ने भएको छ । बेलायती सुपरमार्केट समूह सेल्सबेरीले आफ्ना दुई डिपोहरू बन्द गर्न लागेको छ जसका कारण १,४०० जनाले रोजगारी गुमाउनेछन । जर्मनीको अनलाइन फेसन कम्पनी जालान्डोले पनि सयौं कामदारलाई रोजगारीबाट हटाउन सक्छ।

उद्योग तथा ईन्जिनियरिङ् : चिनियाँ कम्पनी ब्रिटिस स्टिलले २६० जनाको रोजगारी खारेज गर्ने घोषणा गरेको छ । लिफ्ट निर्माण गर्ने फिनल्याण्डको कम्पनीले १ हजार जनालाई कामबाट निकाल्ने भएको छ । स्वीडेनको स्टील कम्पनी साबले करिब १,००० मानिसलाई कामबाट हटाउँदैछ। जर्मन ब्याट्री निर्माता वार्टाले ८८ जना कामदार हटाउनेछ ।

प्राविधिक क्षेत्र : बेलायतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीले यो दशकको अन्त्यसम्ममा ५५ हजार मानिस हटाउने भएको छ । डच मेडिकल उपकरण निर्माता फिलिप्सले ६००० कामदार हटाउनेछ । यसैगरी एरिक्सनले ८,५०० , भोडाफोनले करिब १२,००० तथा जर्मन सफ्टवेयर कम्पनी एसएपीले ३,००० कर्मचारी हटाउने तयारि गरेका छन ।

प्राविधिक क्षेत्रको यो सूची अझ लामो छ । यसबाहेक फिनल्याण्डको नोकियाले २०८, टेलिकम इटालियाले २ हजार, स्वीट्जरल्याण्डको सेक्युरिटी कम्पनी डोरमाकाबाले ८ सय तथा कम्प्युटर उपकरण निर्माता कम्पनी लोगिटेकले करिब ३ सय जना कामदार हटाउने भएका छन ।

बैंकिङ क्षेत्र : जर्मनीको सबैभन्दा ठूलो बैंक ड्यूश बैंकले आगामी केही वर्ष भित्र १७,००० रोजगारी हटाउन खोजिरहेको छ। बेलायतको स्ट्यान्डर्ड चार्टर्ड बैंकले १०० जनाभन्दा बढीलाई कामबाट निकालेको छ । यसैगरि स्वीस बैंक युबिएस (UBS )ले हजारौं मानिसलाई हटाउने विचार गरिरहेको छ।

अन्य क्षेत्र : जर्मन रसायन निर्माता कम्पनी बीएसएफले २ हजार ६ सय, स्पेनिस औषधि कम्पनी ग्रिफोल्सले २ हजार ३ सय, फिनल्याण्डको प्याकेजिङ कम्पनी स्टोरा एन्सोले १ हजार १ सय ५० तथा जर्मन विषेश रसायन निर्माता एभोनिकले २ सय जनालाई निकालिसकेको छ । -Reuters

प्रतिक्रिया