एन्जाइटी डिस-अर्डर भन्नाले के बुझ्ने ?

यो एक किसिमको नशा तथा मानसिक समस्या हो जुन रोग एकदमै कमन छ र यो जुनसुकै उमेर, वर्गलाई हुन सक्छ ।
यसका सामान्य लक्षण के – के हुन् ?
ढुक ढुक हुने, डर लाग्ने, छटपटी हुने, सास रोकिएको जस्तो हुने, मरिन्छ कि जस्तो लाग्ने, छातीमा थिचेजस्तो महसुस हुने, मुख सुक्खा हुने, चक्कर लागेजस्तो हुने आदि हुने ।
तर मुटुको समस्या वा हर्ट एटेक हुँदा पनि त यस्तै हुन्छ नि होइन र ?
हो, सहि हो त्यसैले यस्तो समस्या भए पहिले ecg, echo, CPK-MB, troponin गर्नुपर्ने हुन्छ र cardiologist लाई देखाउनुपर्ने हुन्छ । मुटुमा केहि पनि समस्या नदेखिने तर मुटुको समस्या हुने भए कतै मलाई मानसिक समस्याले भेट्यो कि भनेर संका गर्नुपर्छ ।
छाती दुखेको समस्यामा किन मानसिक डाक्टरलाई भेट्ने, किन उसलाई डाक्टरलाई देखाउने ?
यहाँ बुझ्नुपर्ने कुरा के छ भने, सबै मानसिक रोगि बहुला हुँदैनन्, तपाईं, हामीजस्तै दैनिक रुपमा काम गरिरहेका हुन्छन् तर अलि अलि मनसम्बन्धि समस्या देखिन थाल्छ । तिनै समस्या मध्ये anxiety dis-order पनि एउटा हो ।
भनेपछि मानसिक समस्यामा पनि शरीरमा लक्षण देखिने रहेछ ?
हो, डर लाग्ने, ढुक ढुक हुने, छाती दुख्ने, सास फेर्न गारो हुने देखि लिएर शरीर दुख्ने, टाउको दुख्ने, झम झम गर्ने, पोल्ने आदि पनि मानसिक समस्या अन्तर्गत पर्छन् ।
यसका प्रकारहरु पनि छन् जुन यस प्रकार छन् :
-panic disorder
-phobia (social)
-post-traumatic stress disorder
-generalized anxiety disorder
-obsessive-compulsive disorder
Panic disorder : यो समस्यामा मुटु ढुक ढुक हुने, डर लाग्ने, सास रोक्कियेजस्तो हुने, मलाई मुटुकै समस्या हर्ट एटेक नै भयो कि जस्तो लाग्ने हुन्छा कत्तिलाई छाती भारी हुने, मुटुमै दुख्ने, मरिन्छ कि जस्तो हुन्छ र केहि छिनपछि मलाई ठिकै त छ नि के भा छ र जस्तो गरेर आफै राम्रो हुन्छ ।
अनि यो त सबै मुटुकै समस्या जस्तो सुनिन्छ त ?
हो त्यसैले पहिले मुटुको चिकित्सकलाई देखाएपछी केहि छैन मुटुमा समस्या भनेपछि बल्ल मनोचिकित्सक्लाई भेट्नुपर्छ ।
यो post traumatic disorder भनेको के हो ?
यसमा ब्यक्तिलाई कुनै घटनाले सताईराख्ने हुन्छा जस्तै भूकम्प आइसकेपछी मानिसहरुलाई भूकम्प गएको महिनादिन बितिसक्दापनि भूकम्प आउछ कि भनेर डर लाग्ने, शरीर हल्लेजस्तो, कापेजस्तो महसुस हुने, माथिल्लो तलामा जान डर लाग्ने हुन्छा तेस्तै फेरी भूकम्प आयो भने के गर्ने होला, भन्ने र त्यो भूकम्पको सोच, तेतिखेरको घटना आखा वरिपरी आउने हुन्छ ।
भूकम्प गएको १ वर्ष बितिसक्दा पनि यसले दुख दिन सक्छ ?
सक्छ, कत्तिलाई त भूकम्प गएको ५ वर्ष सम्म पनि यसले सताउन सक्दछ, भूकम्पलाई महसुस गर्ने व्यक्तिहरुको मानसिक अवस्था कमजोर भैराखेको हुन सक्दछ जसले गर्दा त्यो समयमा केहि नभएपनि पछि जीवनमा आउने सामान्य समस्याले पनि उनीहरु टुट्न सक्दछन र मनोरोग आउन सक्छ ।
generalized anxiety disorder भनेको कस्तो समस्या हो ?
यसमा व्यक्ति छटपट छटपट गर्ने, एकै ठाउमा बस्न नसक्ने, कता जाऊ के गरौ जस्तो भैरखने हुन्छा तेस्तै आत्तिने, जुनसुकै कम गर्दा पनि मन शान्त नहुने समस्या कमसेकम पनि ३ देखि ६ महिना सम्म भैरखेमा चिकित्सकलाई देखाउनु अनिवार्य हुन्छ ।
obsessive-compulsive disorder के हो ?
यो obsessive-compulsive disorder मा obsession भन्नाले कुनै पनि त्यस्तो विचार बारम्बार आउने, व्यक्तिलाई थाहा हुने कि यो विचार सहि छैन भनेर तर पनि यसलाई रोक्न नसक्ने हुन्छ र जब जब उक्त व्यक्ति यो बिचारलाई रोक्न खोज्दछ, उसलाई छट्पट हुने, आत्तिने, डर लाग्ने हुन्छा त्यसपछि आयो compulsion भनेर; यो भनेको चाही व्यक्तिले आफ्नो यो obsessive बिचार हट्नको लागि गर्ने कृयाकलाप हो, जस्तै व्यक्तिलाई सबै कुरा फोहोर लाग्छ, आफैलाई सम्झाउन खोज्छ सक्दैन र हात ८-१० चोटी धुन्छ या दिनमै ३-४ पटक नुहाउने गर्छ त्यो obsessive-compulsive disorder हो।
फोविया शब्द धेरै सुनिन्छ, यो के हो ?
यो फोविया भनेको कुनै पनि एक specific कुरासंग डराउनु जस्तै कुकुरसित मात्र डर लाग्ने, उचाईसंग डर लाग्ने, बन्द कोठामा डराउने, भिडमा बिनाकारण डर सुरु हुने, सास फेर्न गारो भएजस्तो हुने, तेस्तै समाजका छिमेकका व्यक्ति बसेर कुरा गरिराखेका छन् भनेपनि डर लाग्ने, अध्यारोमा डर लाग्ने, एक्लै हिड्न डर लाग्ने आदि समस्या फोविया अन्तर्गत पर्छन् l
यो समस्यासँग panic disorder पनि जोडिएको हुन सक्दछ । हाम्रो घरमा, घरवरिपरी यस्ता समस्या भएका व्यक्तिहरु भेटिन सक्नुहुन्छ, कत्तिपल्ट हामीले समस्या राम्ररी नबुझिकन ‘मनासिकको दबाई त खानुहुन्न आफै बलियो बन्नुपर्छ’ भनिदिदा बिरामी सहयोग लिन चिकित्सककोमा जना हिच्कीचाउछन् र समस्या झन् बिकराल बन्न सक्दछ । तेसैले समयमा नै अस्पताल पुर्याउन सके यो समस्यामा कत्तिपल्ट दबाई नै खानु नपर्ने हुन्छ । त्यसैले यो समस्यासम्बन्धि धेरै भन्दा धेरैलाई जानकारी हुनु आवश्यक छ l
प्रतिक्रिया