सोमबार, वैशाख ३१, २०८१

हुण्डाईको नयाँ एसयुभि एक्सटर

नेपालखोज २०८० असार २७ गते १३:२०

काठमाडाैं । हुण्डाई मोटरले आफ्नो आठौं एसयुभि (SUV) एक्सटर (EXter) बजारमा लन्च गरेको छ जसले टाटा मोटर्स र मारुती सुजुकीका साथै निसान म्याग्नाइट र रेनो रिगरलाई एन्ट्री लेभल एसयूभी खण्डमा टक्कर दिनेछ ।

कम्फर्ट, स्टाइलिस्ट, स्पोर्टिनेस, उत्कृष्ट माइलेज, सेगमेन्ट फर्स्ट भ्वाइस इनेबल इलेक्ट्रिक सनरुफ तथा डुअल ड्यासक्यामले सुसज्जित हुण्डाई एक्सटरको अन्तर्राष्ट्रिय बजार मूल्य ९.५८ लाख रुपैयाँबाट सुरु हुन्छ । एक्सटर एसयूभी अहिले पेट्रोल र सीएनजी विकल्पमा लन्च गरिएको छ ।

हुण्डाई एक्सटोरका भेरियन्टमा एक्सटर EX, S, SX, SX(O) जस्ता ४ वटा ट्रिम स्तर छन । यो सिरिजमा उपलब्ध गाडिमा अधिकतम अन्तर्राष्ट्रिय बजार मुल्य एक्सटर SX(O) भेरियन्टको १४,९१,१८४ रुपैयाँ छ । हुन्डाई एक्सटोर ६ मोनोटोन र ३ डुअल टोन कलर विकल्पमा उपलब्ध छ ।

एन्ट्री-लेभल एसयूभीका रुपमा यसका बिशेषता फराकिलो इन्टेरियर, अत्याधुनिक प्रविधिसँगै सेगमेन्ट-फर्स्ट ८ इन्च इन्फोटेनमेन्ट सिस्टम, एम्बियन्ट साउन्ड अफ नेचर, ६ वटा एयरब्याग, ३ प्वाइन्ट सिट बेल्ट, सिट बेल्ट रिमाइन्डर, भ्वाइस कमाण्डसहितको इलेक्ट्रिक सनरुफ तथा डुअल क्यामेराहरू छन्। म्यानुअल र स्मार्ट अटो ट्रान्समिसन विकल्प उपलब्ध हुन्डाई एक्सटरको १.२ लिटरको ४ सिलिन्डर काप्पा पेट्रोल इन्जिनले १९.४ किलोमिटर प्रतिघन्टाको माइलेज दिन्छ ।

यसैगरी १.२ लिटरको ४ सिलिन्डरयुक्त डबल ईन्धन काप्पा पेट्रोल सीएनजी भेरियन्टले २७.१ किलोमिटर प्रति किलोग्राम माइलेज दिन्छ । एक्सटरको ग्राउन्ड क्लियरेन्स १८० एमएम र बुट स्पेस ३१९ लिटर छ ।

प्रतिक्रिया