शुक्रबार, जेठ ४, २०८१

चाँडै लन्च हुँदैछ Vivo V27 शृङ्खला

नेपालखोज २०७९ फागुन ३ गते १४:१५

काठमाडाैं । भिभोले चाँडै नै Vivo V27 तथा Vivo V27 Pro फोन लन्च गर्दैछ । यसको मूल्य तथा स्पेसिफिकेशनका बारेमा केही जानकारि पनि सार्वजनिक भएको छ ।


Vivo V27 सिरिजका सम्बन्धमा कम्पनीले आफ्नो ट्वीट ह्यान्डल मार्फत पनि जानकारि दिएको छ । यो सिरिजमा Vivo V27, Vivo V27 Pro तथा Vivo V27e उपलब्ध हुन सक्छन । यो फोनको लन्च मिति भने तय भैसकेको छैन । प्राप्त जानकारि अनुसार Vivo V27 स्मार्टफोन MediaTek Dimensity ७२०० चिपसेटमा लन्च गरिनेछ । यो फोन दुईवटा मेमोरी भेरियन्टमा बजारमा आउन सक्छ ।

८ जीबी र्यामका साथ बेस भेरियन्टमा १२८ जीबी स्टोरेज हुनेछ भने अर्को भेरियन्टमा १२ जीबि र्यामका साथ २५६ जीबिको आन्तरिक भण्डारण क्षमता हुनेछ । यो फोन कालो रङका साथै रङ परिवर्तन गर्ने नीलो भेरियन्टमा समेत उपलब्ध गराईने बताईएको छ । Vivo V27 Pro MediaTek चिपसेटका साथ बजारमा आउनेछ । यो फोनमा कर्भ डिस्प्ले तथा सोनी आईएमएक्स क्यामेरा सेन्सर रहनेछ । Vivo V27 को अन्तर्राष्ट्रिय बजार मूल्य ५६ हजार तथा Vivo V27 Pro स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य ६४ हजार रुपैयाँ जति हुने अनुमान छ ।

छोटकरिमा vivo V27

MediaTek Dimensity 8200 \ 8 GBProcessor

6.5 inches (16.51 cm) Display

64 MP + 8 MP + 2 MP + 2 MPRear camera

32 MP + 8 MPSelfie camera

प्रतिक्रिया