नयाँ रोग जीबीएस : बालबालिकामा अस्थाई पक्षाघात

हालै पेरुमा गुइलेन-ब्यारे सिन्ड्रोमको प्रकोप देखा परेको छ । यो एउटा अटो इम्युन सिन्ड्रोम हो । Kidshealth.org का अनुसार गुइलेन-ब्यारे (Guillain-Barre) सिन्ड्रोममा शरीरको प्रतिरक्षा प्रणालीले मस्तिष्क र मेरुदण्डको स्नायुमा आक्रमण गर्छ । यसले शरीरका केही भागमा अस्थायी कमजोरी वा पक्षाघात हुन सक्छ। जीबीएस एक प्रकारको दुर्लभ रोग हो र यसले बालबालिकाहरूलाई असर गर्न सक्छ ।
अहिले पेरुमा यो रोग तीव्र गतिमा फैलिरहेको छ र यो रोग अन्यत्र सर्न सक्छ भन्ने डर सबैलाई छ । जीबीएसले छातीको मांसपेशीलाई असर गर्छ जसका कारण सास फेर्न गाह्रो हुन्छ । यसमा बिमारिले केही समय भेन्टिलेटरमा बस्नुपर्ने हुन्छ । यदि यो रोगका कारण पक्षाघात भयो भने पनि आत्तिनुपर्ने कुरा छैन किनभने त्यो अस्थायी प्रकृतिको हुन्छ । युनिभर्सिटी अफ रोचेस्टर मेडिसिन सेन्टरका अनुसार यो छोटो अवधिको तर ज्यान समेत लिन सक्ने रोग हो जसले शरीरको स्नायुलाई असर गर्छ ।
यसमा मांसपेशीको कमजोरी, दुखाइका साथै अनुहार, छाती तथा खुट्टाको मांसपेशि अनि खानेकुरा निल्न प्रयोग हुने मांसपेशिहरुको अस्थायी पक्षाघात देखा पर्न सक्छ । यसले छातीको मांसपेशीको पक्षाघात का अतिरिक्त निल्न र सास फेर्न गाह्रो बनाउन सक्छ । यसमा समयमा उपचार नपाए बिमारिको मृत्यु समेत हुन सक्छ। यो सिन्ड्रोम भएका अधिकांश बालबालिका बिना कुनै जटिलता निको हुन्छन् ।
जीबीएसका लक्षण
फिलाडेल्फियास्थित बाल अस्पतालका अनुसार जीबीएसका लक्षणहरू बालबालिका पिच्छे फरक(फरक हुन सक्छ । यसमा औंला दुख्ने वा सुन्निने, खुट्टा वा हातमा कमजोरी, हिँड्न गाह्रो हुने, चिडचिडापन, सास फेर्न गाह्रो तथा अनुहारमा कमजोरी हुन सक्छ । यस्ता लक्षण देखिए तत्काल बालबालिकालाई चिकित्सक कहाँ पुर्याउनुपर्छ ।
जीबीएस ( GBS ) एउटा दुर्लभ विकार हो तर यो कुनै पनि बालबालिकामा हुन सक्छ । यसमा बालबालिकाको लक्षण, उमेर तथा स्वास्थ्य अवस्थाका आधारमा उपचार गरिन्छ । यसको उपचार बालबालिकाको अवस्था कति गम्भीर छ भन्ने कुरामा पनि भर पर्छ । जीबीएस निको पार्ने कुनै निश्चित उपचार छैन । समयमै निदान नै यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय हो ।
बालबालिकामा जीबीएसको कारण
अनुसन्धानकर्ताहरूलाई यो सिन्ड्रोमको सही कारण थाहा छैन । यो एक अटोइम्यून डिसअर्डर हो जसमा प्रतिरक्षा प्रणालीले आफ्नै स्नायु प्रणालीमा आक्रमण गर्न थाल्छ। यो भाइरल संक्रमण, शल्यक्रिया, चोटपटक वा विरलै रुपमा भ्याक्सिनको प्रतिक्रियाका रूपमा हुन सक्छ । यो विकार आफैं हट्छ तर यो घातक पनि हुन सक्छ । केहि उपचारबाट बिमारिको चाँडै रिकभरी हुन सक्छ तर यसको निदान चाँडै हुनुपर्ने कुरा महत्त्वपूर्ण छ । यसमा बिमारिलाई आईसीयूमा राख्नुपर्ने हुनसक्छ । यसको उपचारमा सास फेर्न भएको समस्या रोक्ने तथा अन्य लक्षणहरू कम गर्ने काम गरिन्छ ।
प्रतिक्रिया