सीता दाहालको सम्मानमा कविको शब्द
अर्जुन पराजुली
२०८० असार २८ गते ६:४८

श्रीमान चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा, न नाक चलायौ
न खाफ, न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर न बालुवाटार चलायौ
कसैलाई नचलाइकन
आज–
तिमी आफैँ चल्यौ
सलाम छ तिमिलाई
कवि : अर्जुन पराजुली
(कवि पराजुलीले यो कविता २०८० असार २७ गते बुधबार दिवंगत भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको सम्मानमा लेखेका हुन् ।)

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया