आइतबार, वैशाख ३०, २०८१

कविता : ‘प्रजातन्त्र र सत्यता’

बसन्त बस्नेत २०८० भदौ २४ गते ९:१२

त्यो औला कसको ?
रगतमा लतपतिएको,
शरीर नपाएर छटपटिएको,
विद्रोही हो कि स्वार्थीले,
त्यो औला छुटाएको,
छानेको थियो त्यो औलाले कसैलाई,
जितको स्वाद ख्वाएको थियो कसैलाई,
तर औला छटपटियो किन ?
रगतमा लतपतियो किन ?
बोल्यो औला एक चोटि,
सयौँ थिए नकाब भनी,
नकाब वरिपरि सन्त पनि थिए भनी,
बोलेनन् सन्त केबल नकाब नै बोलिरह्यो भनी,
लाग्यो प्रजातन्त्र यही नै हो कि भनी,
जहाँ सत्यताको घाँटी काटिन्छ जानिजानी,
झुटोलाई न्याधिश बनाइन्छ, बचाउँछ कि भनी।

प्रतिक्रिया