कामना सेवा र दिमोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारबीच सम्झौंता
नेपालखोज
२०८० असार २८ गते १८:३३

काठमाडौं । कामना सेवा विकास बैंक र दिमोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सम्झौंता भएको छ । मंगलबार यि दुई कम्पनीहरुबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले ज्ञानेश्वर स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बिश्वास बैंकले गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया