शनिबार, असार ७, २०८२

नेकपा एसको केन्द्रीय सचिवालय बैठक आज पनि

नेपालखोज २०८० असार ३० गते ६:५३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारबाट सुरु भएको हो ।

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया