शनिबार, वैशाख १३, २०८२

‘मनुष्यलाई एक दिन मर्नुपर्छ’

नेपालखोज २०८० असार ३१ गते ७:०५

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,

दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन…
एक दिन यो पाऊले धर्ती टेक्दैन,
एक दिन यो शरिरले हुरी छेक्दैन
एक दिन यो आखाले संसार देख्दैन,
एक दिन हातले मनको कुरा लेख्दैन,
ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,

एक दिन, हामी जती बिकाऊ भए पनि,
आत्माले आफु बेच्दैन !!

प्रतिक्रिया