आइतबार, जेठ ६, २०८१

लक्ष्मी बस्नेतः कर्णालीकी पहिलो महिला सचिव, सेवा प्रवेशको १७ वर्षमै विशिष्ट श्रेणीमा

तारा वाग्ले २०८० असार ३१ गते ८:४४

मन्त्रिपरिषद्को गत मङ्गलवार बसेको बैठकको निर्णय अनुसार महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मी बस्नेतको सचिवमा बढुवा भएकी छिन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि सिफारिस गरेको थियो ।

बस्नेत कर्णाली प्रदेशबाट सचिव हुने पहिलो महिला हुन् । साथै निजामती सेवामा प्रवेश गरेको समयावधिका आधारमा सबैभन्दा छिटो सचिव हुनेमा पनि उनको नाम अंकित भएको छ ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन

मूल्याङ्कन -८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव बस्नेतको नाम मात्रै सिफारिस भएको थियो ।

आफ्नो बाल्यकालमा बैङ्कर बन्ने सपना देख्ने लक्ष्मी बस्नेतको यात्रा अन्ततः व्यवस्थापन प्रशिक्षक तथा बैङ्कर हुँदै वरिष्ठ सार्वजानिक प्रशासक तथा व्यवस्थापन तर्फ मोडियो । वीरेन्द्रनगर नगरपालिका वार्ड न ६ सुर्खेत जन्मिएकी बस्नेत, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट एमबीए प्रथम श्रेणीमा उत्तीर्ण गरी, २०६३ सालमा शाखा अधिकृतबाट सेवाप्रवेश गएकी हुन् ।

उनले भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, तत्कालीन शान्ति मन्त्रालय, तत्कालीन जनसङ्ख्या वातावरण मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुभव सहित, संयुक्त राज्य अमेरिका, जापान, स्पेन, चीन, लाओस, थाइल्यान्ड, इटाली, केन्या आदी देशहरूमा तालिम तथा अवलोकन भ्रमण गरि सार्वजानिक प्रशासन तथा व्यवस्थापनमा विशेषज्ञता हासिल गरी सकेकी छिन् ।

विश्वविद्यालयमा पनि जेहेन्दार विद्यार्थीका रुपमा स्थापित बस्नेतको रुचि बैंकिङ तथा सार्वजानिक प्रशासनमा काम गर्ने थियो । एमबीए सकेपछि उनले केही समय बैंकिङ तथा व्यवस्थापन प्रशिक्षक क्षेत्रमा कार्य अनुभव बटुले र परिवारको सल्लाहमा लोकसेवा परीक्षा दिई, २०६३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका हुन् ।

उनको पहिलो पदस्थापन भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको थियो र चार वर्ष सम्म साही मन्त्रालयमा काम गरेर निजामती सेवाका विभिन्न कार्यप्रक्रिया तथा कार्यशैलीको बारेमा बुझ्दै कार्यक्षमतामा दक्षता हासिल गर्दै निरन्तर वृतिविकासमा लागिरहे ।

परिणाम स्वरूप २०६७ सालमा उपसचिव र सहसचिव दुबै पदको जाँच दिएकी बस्नेतको सहसचिवमा लिखित र अन्तर्वाता दुवैमा नाम निस्कीयो र सोही साल सहसचिव भएर शहरी बिकास तथा भबन निर्माण बिभाग हुँदै तत्कालिन शान्ति मन्त्रालयमा खटिएर कर्तव्य निर्वाहमा सदा तत्पर रहे ।

विभिन्न चुनौतिका माझ सहसचिवको दायित्व पूरा गर्ने तथा छोराको हेरविचार शिक्षादिक्षा जस्ता कर्तव्यहरू त छदै थिए । बच्चा सानो छ भनेर कहिल्यै घर व्यवहारमा अल्झेर नबसी ७ महिना बच्चालाई परिवारको जिम्मामा छोडेर तालिमको लागि विदेश समेत गए ।

हरेक चरणमा साथ दिने श्रीमान तथा बलियो इच्छाशक्ति भएको कारण जुन क्षेत्रमा हात हाले पनि उनलाई सफलता मिलेको छ । उनको मान्यता छ महिलालाई सफल हुन परिवारको सहयोग हुनु पनि उत्ति नै आवश्यक छ जति एक महिलाभित्र क्षमता र इच्छाशक्ति हुन्छ ।

उनको बिचारमा महिलालाई आफ्नो दायित्व पूरा गर्ने क्रममा अनेकौँ संघर्ष र चुनौतीको सामना गर्नुपर्ने भएकोले आफूलाई योग्य र अब्बल सावित गर्न पट्क पट्क परीक्षा दिइरहनुपर्छ । उनले भने- ‘ बच्चा छ, पारिवारिक जिम्मेवारीले जेलिएकी छु, बन्धनमा छु भन्ने हो भने कहिल्यै अघि बढ्न सकिँदैन । समस्याहरू त आउँछन् जान्छन् । आफैँले व्यवस्थापन गर्दै जानुपर्छ’।

सहसचिव भएपछि तत्कालीन शान्ति

मन्त्रालयको द्वन्द्व व्यवस्थापन महाशाखामा कार्यरत रहेकी बस्नेत त्यहाँ हुँदा द्वन्द्वरत पक्षसँग निरन्तर संवाद र समन्वय गर्ने, शान्ति सम्झौता कार्यान्वयन गराउने जस्ता प्रकृयामा खटिइन् ।

द्वन्द्वरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन वार्ता गर्ने तथा देशभर शान्ति स्थापना गर्ने काममा सहकार्य र समन्वय गर्ने क्रममा सँगालेका रमाइला अनुभवहरू सुनाउँदै बस्नेत भने -‘ देशभरका विभिन्न शान्ति समितिहरू प्रतिनिधिसँग रहेर काम गरी कार्य सम्पन्न गर्दा ज्यादै खुशी मिलेको थियो ।

सरकारले २०७६ मा वरिष्ठ सहसचिवले अनिवार्य रुपमा प्रदेशमा गएर कम्तीमा एक वर्ष सेवा गर्नुपर्ने नीति ल्याएको थियो । सो अनुरूप उहाँलाई कर्णाली प्रदेशमा खटाइयो ।

बच्चा सानो भएकोले सुगम ठाउँमै मिलाउन सक्ने अवसर पनि नपाउनुभएको होइन। तर उनलाई कुने पनि कोणबाट सो जिम्मेवारीको लागि असमर्थ छु भन्ने लागेन र ६ वर्षको छोरालाई साथै लिएर कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा हाजिर भइन् । छोरालाई अनलाइन माध्यमबाट पढाएर एक वर्ष सम्म सेवा गरिन् ।

सरकारी सेवामा प्रवेश गरेपछि केही राम्रो गर्छु भन्ने अभिलाषाले उनलाई हरेक चुनौतीमा पनि अवसर देख्ने बनाइदियो । आफू जन्मे हुर्के तिरकै ठाउँ भएपनि सबै जिल्लाहरूको अवस्थाबारे बुझ्ने अवसर नपाएको स्मरण गर्दै बस्नेतले भनिन् त्यहाँ काम गर्दा धेरैजसो रहरहरू पनि पूरा भए ।

उहाँको टिमले कर्णालीमा उमेर नपुग्दै छोरीको बिहे गरिदिने प्रचलनमा सुधार ल्याउन विभिन्न कार्यक्रम गयो । ‘छोरी बचत खाता सुरक्षा जीवन भरीको भन्ने अभियान सञ्चालन गयौँ । यो कार्यक्रम अहिलेपनि जारी छ’ बस्नेत भनिन्- ‘ यसबाट कर्णालीका धेरै छोरीहरूको जीवन बदलिएको छ । यस्तो देख्दा निकै आनन्दको अनुभूति हुन्छ’ ।

निर्णायक तहमा पुग्न जो कोहीको पनि क्षमता र कार्यकुशलता हुनैपर्छ । अझै महिलाले त आफ्नो क्षमता प्रमाणित गरेपछि मात्र त्यस्ता अवसर पाउन सक्छन् । महिलाले आफूलाई अब्बल सावित गर्न पुरुषले भन्दा बढि नै मेहनत गर्नुपर्ने अनुभव सुनाउँदै उनले भनिन् – ‘महिलाले हरेक पाइलामा परीक्षा दिनुपर्छ। योग्यताको कसीमा जाँचिनुपर्छ ।

पितृसत्तात्मक सोच र प्रवृत्ति भएको हाम्रो समाजमा आरक्षणले मात्र महिलाको सहभागिता बढ्न सक्दैन’ । साना तहबाट महिलालाई यस क्षेत्रमा प्रवेश गराउन केही समयका लागि आरक्षणको व्यवस्था गरेपनि निर्णायक तहमा महिलाको उपस्थिति बढाउन क्षमता विकासका कार्यक्रम ल्याउनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

INS

प्रतिक्रिया