एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टकाे उम्मेद्वारी घाेषणा
नेपालखोज
२०८० असार ३१ गते ८:५२

काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टले उम्मेद्वारी घोषणा गरेका छन् । सन् २०२३–२०२५ कार्यकालको लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाइ विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपुर्वका डिआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ-संस्थाहरुको समर्थनमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
उनलाई जनप्रगतीशिल मंच कतार, जनसंपर्क समिती कतार,प्रवासी नेपाली मंच कतार,जनजाती महासंघ कतारलगाएत संस्थाले संयुक्त उम्मेद्वारको रुपमा सार्वजनिक गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया