सोमबार, वैशाख १५, २०८२

नासः द्यः तथा गठामुँग

सुनिल उलक २०८० असार ३१ गते ८:५३

महादेव सधै पार्वतीलाई सबैभन्दा सुन्दरी भनेर वर्णन गर्दथे । एकदिन पार्वतीले महादेवलाई म भन्दा पनि सुन्दरी कान्तिपुरमा छ भनेपछि खुलदुलि भइ महादेव ति सुन्दरी खोज्न कान्तिपुर पुगेछ । नभन्दै खेतमा काम गरिरहेको नेवार महिलालाई देखेपछि मन्त्रमुग्ध भएका महादेवले मोहनी लगाई उनैसंग बस्न थालेछ ।

एक दिन ति नेवार महिला गर्भवती भएको चाल पाएपछि महादेव अचानक त्यहाँबाट कैलाश पर्वतमा फर्केछ । यता समय बित्दै गएपछि ति महिलाले छोरा जन्माएछ । बाठो महादेवले बालकमा आफ्नो अनुहार आउला र बदनाम होला भनेर अनुहार नै नभएको बनाइ दिएको रहेछ । अनुहार बिनाको बालकलाई स्याहारसुसार गर्दै हुर्काएछ ।

बालक ठूलो हुदै जाँदा उसमा अद्भुत बिशेषता बढ्दै गएछ । उ बाजागाजा बजाउन तथा नाच्न सिपालु भएछ । स्वर्गका राजा इन्द्रले पनि आफ्नो दरवारमा नाचगान गर्ने अप्सरा तथा गन्धर्वहरुलाई उसैबाट प्रशिक्षण दिलाएछ । यसरी उनको नाम नाट्येश्वरको रुपमा प्रचलित हुन थालेछ । कसै कसैले नाट्यश्वर र नास:द्य एउटै होइन पनि भन्ने गर्दछन् ।

यसैले पनि काठमाडौ उपत्यकाको तीनै शहर तथा पोखरामा पनि नास:द्य को रुपमा कुनै मूर्तिलाई पूजा गर्न प्रचलन छैन । मूर्ति बिना नै पूजा गर्ने प्रचलन छ ।

नेवारी परम्परामा गथामुँग चह्रे अर्थात घण्टाकर्ण चतुर्दशीको रात सिनाज्या अर्थात रोपाईमा नाचगान गरे पछि सिठी नखःका दिन थन्क्याइएको बाजागाजाहरु निकालेर बाजा बजाउने तथा पूजा गर्ने गरिन्छ । नयाँ युवाहरुलाई पनि यसैदिन देखि नास:द्यको पूजा गराइ सिकाउने कामको थालनी गर्ने प्रचलन छ । नेवाः परम्परामा सिठी नखः देखि गठेमुँगसम्म बाजागाजा बजाउने, भजन किर्तन गर्ने गरिदैन ।

यहाँ देखाइएको तस्विर पोखराको नास:द्यको हो । धेरै कमलाई मात्र जानकारी होला पोखराको भि:द्य (भिमसेनको मन्दिर) को पछाडी रहेको सानो खोपा जहा पूजा गरेको देख्दछौ । यहि नै नास:द्य हो । नेवारी परम्परामा बेढंगको कुरा गर्ने वा चाहिने नचाहिने कुरा गर्न थाले भने नास:द्य को मा ढोग्न पठाउने गरिन्थ्यो । अचेल भने यो हराइसकेको छ ।

घण्टाकर्ण

परापूर्वकालमा एक धर्म प्रति अनास्था राख्ने नास्तिक ब्यक्तिले धर्म सम्बन्धी केही सुन्न नपराेस् भन्दै कानमा ठूलाे ठूलाे घण्टा झुन्ड्याएर धर्म प्रति आस्था राख्नेलाई पनि मार्ने र दुख दिन थालेको हुन्छ । यसरी कानमा घण्टा झुन्ड्याएकाेले घण्टाकर्ण भनियाे । ती धर्म विरोधी घण्टाकर्णलाई अनेक प्रयास गर्दा पनि मार्न सम्भव हुदैन ।

अन्तमा एउटा भ्यागुताेले गिज्याउदै हिलाेमा लगेर गाज्न सफल हुन्छ । यसरी हिलोमा गाडिएकोलाई पछि सबै जनता मिलेर मारेर जलाउन सफल हुन्छ । आजकाे दिन जलाएर मारिएकाे भएर घण्टाकर्ण चतुर्दशीकाे रूपमा नेवार समुदायले विशेष किसिमले मनाउने गरिएकाे हाे ।

नर्कटबाट बनाइएकाे घण्टाकर्णकाे स्वरूप गठेमुँगलाई बाटाेकाे बिचमा दिनभर जसाे ठड्याइन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घाम अस्ताए पछि घण्टाकर्णलाई घिसारेर खाेला किनार लगेर जलाइन्छ । घरमा बच्चाहरूले खेल्न बनाइएकाे कपडाकाे पुतली (गुडिया) पनि घरमा यसैमा पसेर भूत प्रेतकाे बास नहाेस भनेर घण्टाकर्णमा लगेर बाँधिन्छ ।

भ्यागुताेकाे सहयाेगले मार्न सफल भएकाेले आजकाे दिन भ्यागुताकाे पनि पूजा गर्ने गरिन्छ । दुष्ट आत्मा र भूतप्रेतले दुख नदेेओस भनेर आजैकाेे दिन बच्चाहरूलाई फलामकाे औंठी र चाँदीकाे कल्ली पनि लगाइने चलन छ ।

यो केवल एउटा लोककथा मात्र हो ।

प्रतिक्रिया