आइतबार, जेठ ६, २०८१

अपाङ्गता भएका बालबालिकालाई विकासको अवसर  

नेपालखोज २०८० असार ३१ गते ९:०८

अपाङ्गता भएका बालबालिकाको पनि अन्यको जस्तै भावना र आवश्यकता हुन्छ । अन्य बालबालिका भन्दा पनि यस्ता बालबालिकालाई बढी समय, मायाममता र अवसरहरू दिनुपर्छ ।

  • बालबालिकालाई आमाबुबा र परिवारले सधैँ निगरानी, हेरचाह र नजिकमा राख्नुपर्छ । 
  • उनीहरूको मुख्य क्षमता पत्ता लगार्ई सोअनुसारको अवसरहरू, हौसला र उत्प्रेरणा दिई अन्तरनिहित क्षमता विकास गर्नुपर्दछ ।
  • उनीहरूलाई स्वावलम्बी बनाउन जसरी उनीहरूलाई सजिलो हुन्छ, उसै गरेर दैनिक कार्य गर्न सहयोग गर्नुपर्दछ ।
  • अपाङ्गताको प्रकारअनुसार बालबालिकालाई सिकाउन अभिभावकले पनि तालिम लिनुपर्छ । यस्ता तालिमहरू स्थानीय तहमा निःशुल्क दिइन्छ । जस्तै, बहिरा बालबालिकासँग कुराकानी गर्न साङ्केतिक भाषा, दृष्टिविहीनसँग दैनिक कार्य गर्न सहयोग गराउने सिप सिक्नुपर्छ ।
  • अपाङ्गताको अवस्था र जटिलताअनुसार रातो (पूर्ण अशक्त अपाङ्गता), निलो (अति अशक्त अपाङ्गता), पहेँलो (मध्यम अपाङ्गता), सेतो (सामान्य अपाङ्गता) परिचय पत्रको व्यवस्था नेपाल सरकारले गरेको छ । अभिभावकले स्थानीय तहमा सम्पर्क गरी परिचय पत्र बनाउनुपर्छ । यसअनुसार विभिन्न सुविधाको व्यवस्था गरिएको छ ।
  • अपाङ्गता भएका बालबालिकालाई पनि उमेरअनुसार प्रारम्भिक बालविकास तथा शिक्षा-बालविकास केन्द्र, विद्यालय पठाउनुपर्छ । नेपाल सरकारले दिने छात्रवृत्ति, स्वास्थ्य, यातायातका सुविधाहरू लिनुपर्छ ।
  • चाडबाड, पारिवारिक भेटघाटमा समावेश गर्नुपर्छ । 

युनिसेफ नेपाल

प्रतिक्रिया