नेपाल र बंगलादेशबिचको दोस्रो मैत्रीपूर्ण फुटबल आज
नेपालखोज
२०८० असार ३१ गते ९:५८

काठमाडौं । नेपाली महिला फुटबल टिमले आज बंगादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।
ढाकामा रहेको विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ मा सुरु हुनेछ ।पहिलो मैत्रीपूर्ण खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए ।
विहीबार भएको खेलमा सुरुआतमा पछि परेको नेपालले इन्जुरी समयमा गोल गर्दै बरारबी गरेको थियो । बंगलादेशका लागि ६५ औं मिनेटमा सविना खातुनले गोल गरेपछि नेपाल पछि परेको थियो ।
तर, दोस्रो हाफको अतिरिक्त समयमा नेपालकी सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याउँदै खेल टुंग्याउन योगदान गरिन् । आजको खेलमा जित निकाल्दै नेपाल घर फर्कने लक्ष्यका साथ मैदान उत्रने छ ।
सम्बन्धित

प्रतिक्रिया