राष्ट्र बैंकले गर्याे पुनः १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरीको बिक्री आव्हान
नेपालखोज
२०८० असार ३१ गते १३:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री आव्हान गरेको छ ।
राष्ट्र बैंकका अनुसार पुरानो नवीकरण अन्तर्गत साउन एक गते सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने साउन दुई गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउने छन् ।
बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको १० अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० साउन ३० गते र २०८० असोज ३० गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैंकले यही असार २५ गते २७े अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया