‘मजा बेग्लै छ’
अर्जुन पराजुली
२०८० असार ३१ गते १५:२३

आफूले हिँड्ने बाटो
आफैँले खनेर बनाउनुको मजा बेग्लै छ ।
आफ्नु टाउकोलाई
अरुको फोहोर फाल्ने कन्टेनर नबनाउनुको मजा बेग्लै छ ।
भक्त बनेर कसैको
भजन नगाउनुको मजा बेग्लै छ ।
झोला नबोकी नबोकी
कपाल फुलाएर सेतै बनाउनुको मजा बेग्लै छ ।
भीडको बिचमा उभिँदा पनि
आफू एक्लै हुन पाउनुको मजा बेग्लै छ ।
हनुमानहरुको गाली स्वाद फेरीफेरी खाएर
जिब्रो पट्काउदै आफ्नै बाटोमा
मर्निङवाक आउनुको मजा बेग्लै छ ।

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया