१२ अंकले नेप्से बढ्दा दुई अर्ब ३७ करोडको सेयर किनबेच

काठमाडौं । चालु आर्थिक बर्षको अन्तिम सेयर कारोबार दिन आज आईतबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज १२ दशमलव १६ अंकले बढेर दुई हजार ९७ दशमलव शुन्य नौं अंकमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ३९ हजार ३७ पटकको कारोबारमा ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार पाँच सय ७३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहहरुको सूचक घटेर बाँकी समुहहरुको सूचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सूचक १६ दशमलव २५ अंकले बढेर १२ सय ३४ दशमलव ८० अंकमा पुगेकोमा बिकास बैंक समुहको सूचक पनि २० दशमलव ९६ अंकले बढेर तीन हजार आठ सय ९५ दशमलव १७ अंकमा चढेको छ ।
निर्जिवन बीमा समुहको सूचक पनि एक सय सात दशमलव ३० अंकले बढेर ११ हजार दुई सय ८७ दशमलव ८४ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सूचक पनि क्रमशः शुन्य दशमलव ४६, २७ दशमलव ७४, ३९ दशमलव १०, शुन्य दशमलव ३१ र छ दशमलव ५१ अंकले बढेका छन् । फाईनान्स समुहको सूचक भने आज दुई दशमलव ७८ अंकले घटेर १९ सय २५ दशमलव ३३ अंकमा झरेकोमा जलबिद्युत समुहको सूचक पनि १७ दशमलव ४३ अंकले घटेर २३ सय ६७ दशमलव ११ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि छ दशमलव ९८ अंकले घटेर ११ हजार नौं सय ९१ दशमलव १५ अंकमा झरेकोमा होटल तथा पर्यटन र टे«डिङ समुहको सूचक पनि क्रमशः १२ दशमलव ५४ र चार दशमलव ५५ अंकले घटेका छन् ।
नेप्सेमा आज सनराईज फोकस इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले बढेर नौं रुपैंयाँ ६८ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा लिर्वटी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ९६ प्रतिशतले घटेर दुई सय ४४ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
शिवम सिमेन्टको भने आज प्रतिकित्ता छ सय ५१ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा १९ करोड १३ लाख ११ हजार तीन सय ७२ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया