नेपाल हुँदै भारतमा टमाटर तस्करी, कसरी चल्छ नेटवर्क ?

भारतमा टमाटरको मूल्य आकासिएपछि उत्तर प्रदेशसँग जोडिएको भारत–नेपाल सीमामा यसको तस्करी बढेको छ । भारतमा टमाटरको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारु तथा सहरी क्षेत्रमा २ सय भारु पुगेको छ । यसले सर्वसाधारणको खल्तीमा भार बढे पनि तस्करहरुलाई कमाउने मौका जुराएको छ ।
हालसालै भन्सार विभागले करिब ३ हजार ६० केजी टमाटर भरिएको दुईवटा पिकअप ट्रक नियन्त्रणमा लिएको छ । नेपालगन्जको तरकारी बजारमा अहिले टमाटरको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकोमा भारतमा दुई सय रुपैयाँ रहेको व्यवसायीहरु बताउँछन् । सल्यानको कपुरकोटबाट ट्रकमा आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिमले बताए ।
करिब एक महिनादेखि नेपालबाट टमाटर भारत पठाइँदै आएको उनले जानकारि दिए । नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने भए पनि अहिले नेपालगन्ज भन्सार कार्यालयका कारण पठाउन गाह्रो भएको बताइन् ।
महाराजगञ्ज र गोरखपुरको बाटो उत्तर प्रदेश महाराजगञ्जका स्थानीय पत्रकार आशिष सोनीका अनुसार असार महिनादेखि नेपाल–भारत सीमामा टमाटरको तस्करी भइरहेको छ । सोनीका अनुसार ‘नेपालमा टमाटरको मूल्य भारतीय मुद्रामा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ छ जसको मुल्य २४ देखि ३८ भारतीय रुपैयाँ हुन्छ । ती युवकले भने- ‘नेपालको लुम्बिनी जिल्लाको रुपन्देही, कपुरकोट र अर्घाखाँचीका मण्डीबाट यी टमाटर किनेर भारत पठाइन्छ । त्यो टमाटर भारतमा महाराजगञ्ज र गोरखपुरको मण्डीमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।’
के चीनबाट आएको टमाटर नेपाल हुँदै भारत पुगेको हो भन्ने प्रश्नमा नेपालका मण्डी व्यवसायी तथा सीमापार काम गर्ने मानिसहरूले ‘भारत पुग्ने टमाटर नेपालको बुटवल बजार र किसानको खेतबारी हुँदै भारत पुग्ने गरेको बताए। नेपालमा टमाटरको खेती ठूलो मात्रामा हुने र भारतीय बजारमा टमाटरको मूल्य बढेकाले मात्र दुई देशबीच टमाटर तस्करी हुने गरेको धेरै स्थानीय पत्रकारले बताए । उनले अहिले टमाटर मात्र नभई बन्दागोभी र काँक्रो पनि तस्करी हुने गरेको बताए ।

सुनौली चेकपोस्टबाट तस्करी ?
उत्तर प्रदेशको महाराजगञ्ज जिल्ला नेपाल–भारत सीमासँग जोडिएको छ । यहाँ नेपाल–भारत सीमा करिब ८४ किलोमिटर खुला छ । महाराजगञ्ज नेपालको दक्षिणमा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरको उत्तरमा अवस्थित छ। यहाँ दुई देशबीच मुख्य दुईवटा सीमा चेकपोष्ट छन्, जसमध्ये सबैभन्दा लोकप्रिय सुनौली नाका र अर्को ठुठीबारी हो।
सीमामा सशस्त्र सीमा बलका जवानको क्याम्प, भन्सार, युपी प्रहरी थाना तथा चौकीले सीमा सुरक्षा व्यवस्था र आयात–निर्यातमा निगरानी राख्छन् । खुला सिमानाका कारण यहाँ तस्करी हुने गरेको छ । तस्करहरूले दुवै देशको बजारमा नजर राख्छन् र दुई देशबीच मुल्य फरक हुनासाथ तस्करी गर्न थाल्छन्।
सीमावर्ती गाउँपालिकामा बसोबास गर्ने व्यापारी, बेरोजगार तथा साधारण गाउँलेहरु समेत यस्ता गतिविधिमा संलग्न हुने गरेका छन् । स्थानीय बासिन्दालाई सीमानाका हरेक नाकाकाबारेमा जानकारी भएकाले सजिलै सामान ओसारपसार गर्न सक्ने समेत दाबी गरिएको छ ।
क्यानेडियन मटर, चिनियाँ स्याउ, चिनी तथा यूरियाको तस्करी
एक वर्ष पहिले क्यानेडियन मटर समाचारमा थियो किनभने यो ठूलो मात्रामा तस्करी भैरहेको थियो। उक्त मटर व्यवसायमा अधिकांश सीमावर्ती युवाहरु संलग्न रहेको प्रहरीको दाबी छ । क्यानेडियन मटरको खेप पहिले क्यानाडाबाट नेपाल र त्यसपछि भारत पुर्याइन्थ्यो । एका बिहानै अँध्यारोमा सिमानामा सवारीसाधन तयार राखिने र मौका मिल्ने वित्तिकै सीमा पार गरेर बजारका गोदाममा जम्मा गरिने गरेको छ । यी मटर नेपालबाट ल्याएर भारतका कुना–कुनामा पुर्याइन्थ्यो ।
धेरै पटक सीमामा कडाई भयो र सैनिकको गस्ती बढाइयो त्यसपछि तस्करहरूले स्थानीय जनतालाई प्रयोग गरे। उनीहरु नेपालको खेतमा मटर लुकाएर राख्थे र मौका मिल्ने वित्तिकै साइकल वा बाईकमा मटरको बोरा लिएर सीमा पार गर्थे । पछिल्लो समय यो सिमानामा चिनियाँ स्याउको तस्करी ह्वात्तै बढेको छ । यद्यपि प्रशासनिक अधिकारीहरूले ती स्याउ चीनका हुन् वा होइनन् भन्ने स्पष्ट नभएको बताउँछन ।
नेपालबाट आउने स्याउ प्रतिकिलो ६० देखि ७० भारतीय रुपैयाँमा आउने गरेको छ भने भारतीय मण्डीमा १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ । त्यसैगरी चिनी र युरियाको तस्करी पनि बेलाबेलामा तीव्र गतिमा भैरहेको छ । यसका लागि लखिमपुर खिरीसँग जोडिएको भारत – नेपालको सीमा क्षेत्र पनि चर्चित छ ।
के भन्छ भन्सार कार्यालय ?
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले नेपालबाट भारतमा टमाटर पठाएको कुनै जानकारी नआएको बताए । उनले भने, ‘हामीसँग भारतबाट आएको तरकारीको विवरण छ तर नेपालबाट तरकारी पठाएको रेकर्ड छैन ।’
थापाका अनुसार नेपालमा ठूलो परिमाणमा उत्पादन हुने तरकारी भन्सारबाट पठाउन नपाएपछि नेपाली किसानहरु समस्यामा परेका छन् । थापाले भने, ‘निर्यातमा प्रतिबन्धका कारण टमाटर सस्तो भएको छ ।’
नेपाल-भारत सीमामा आयात-निर्यातका नियमहरू
भारतिय भन्सार आयुक्त आरती सक्सेनाले नेपाल–भारत सीमामा निश्चित आयात–निर्यात नाका रहेकाले एसएसआई प्रमाणपत्रविना कुनै पनि आयातकर्ताले आयात गर्न नपाउने बताइन् । यी तोकिएका बिन्दुहरूलाई भूमि भन्सार स्टेशनहरू (LCS) भनिन्छ। तर नेपाल–भारत सीमाना ठूलो छ र दुई देशबीच मानिसको आवतजावत धेरै छ ।
लखनउ भन्सार इकाईले उत्तराखण्ड र उत्तर प्रदेश राज्यहरूको सिमानामा रहेको सम्पूर्ण भारत-नेपाल सीमाको निगरानी गर्दछ। तर भन्सार विभागका अधिकृतको उपस्थिति निश्चित तोकिएको ठाउँमा मात्रै छ र सशस्त्र बलजस्तै पूरै सीमामा उपस्थित हुँदैनन् । -BBC
प्रतिक्रिया