अप्ठ्यारो स्थितिमा रोहितको अर्धसतक
नेपालखोज
२०८० साउन १ गते १६:३७

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् । उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया