नेप्सेको उकालो यात्रा कायमै, ११ अंकले बढ्दा तीन अर्ब ३४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्रा कायम नै रहेको छ । अघिल्लो दिन झण्डै १० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि ११ दशमलव १७ अंकले बढेर २१ सय ६५ दशमलव २४ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३३ अंकले बढेर चार सय १० दशमलव ४६ अंकमा पुगेको छ । नेप्से आज दुई सय ६० वटा कम्पनीहरुको ५१ हजार चार सय ४५ पटकको कारोबारमा ८६ लाख ७४ हजार एक सय नौं कित्ता खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौं सय रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहको सूचक बढेर बाँकी समुहको सूचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सूचक २९ दशमलव ६६ अंकले बढेर १३ सय १३ दशमलव ४९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सूचक ४९ दशमलव १५ अंकले बढेर चार हजार ७० दशमलव पाँच अंकमा पुगेको छ ।
यसैगरी उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सूचक पनि क्रमशः ६६ दशमलव २०, शुन्य दशमलव शुन्य चार र एक सय २८ दशमलव ७८ अंकले बढेका छन् । फाईनान्स समुहको सूचक भने आज १८ दशमलव ६४ अंकले घटेर १९ सय ७२ दशमलव ११ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ६८ अंकले घटेर २३ सय ७१ दशमलव ७१ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सूचक पनि ४८ दशमलव ७६ अंकले घटेर १२ हजार दुई सय ४४ दशमलव शुन्य नौं अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक दशमव ८९ अंकले घटेर ११ हजार सात सय २६ दशमलव ८० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुुचक पनि क्रमशः ३७ दशमलव ६५, शुन्य दशमलव २६, २० दशमलव ८३ र १५ दशमलव ११ अंकले घटेका छन् ।
नेप्सेमा आज बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १४ सय ९० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबिएल समृद्धि फण्ड २ को प्रतियुनिट सेयर मुल्य नौं दशमलव ६४ प्रतिशतले घटेर आठ रुपैंयाँ छ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता छ सय ३१ रुपैंयाँ अन्तिम मुल्यमा २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया