सुन बरामद प्रकरण : भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गरिने

नेपालखोज २०८० साउन ४ गते ११:०१

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बरामद गरिएको सुन तस्करी प्रकरणमा केही कर्मचारीलाई निलम्बन गर्ने तयारी भएकाे छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको जनाइएकाे छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाअनुसार विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएकाे छ ।

सुन हङकङबाट ल्याइएको खुलेको ढुङ्गाना बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया