शनिबार, जेठ १९, २०८१

बालबालिकासँग सञ्चारको महत्त्व

नेपालखोज २०८० साउन ५ गते ९:२५
  • भाषा नै यस्तो माध्यम हो, जसले सामाजिक बौद्धिक, सांस्कृतिक, मनोरञ्जनात्मक क्रियाकलाप र विचार साटासाट गर्न सकिन्छ ।
  • अन्तरक्रिया वा कुराकानीले विचारको सिर्जना गर्छ । मस्तिष्कमा उत्पन्न हुने विभिन्न विचारहरूमध्ये कुनचाँहि विचार व्यक्त गर्न उपयुक्त छ भन्ने छनौट गर्न सिक्छन् । 
  • आफूले राखेका विचारहरूको साथी तथा अभिभावकले दिने प्रतिक्रिया अनुरुप अर्को विचारले सच्याउने जस्ता स्वःअन्तरक्रियाहरूले बौद्धिक क्षमता तीव्र हुन्छ ।
  • सधैँ परिवारसँग कुुराकानी गर्नाले आफ्नो समस्याहरू बताउने र परिवारका सदस्यले दिने स्यावासी, मार्गनिर्देशनले उनीहरूमा आत्मविश्वास र सामाजिकीकरण अभिवृद्धि हुन्छ ।
  • परिवारमा स्नेहपूर्ण वातावरण र सहयोग लिने दिने परम्परा विकसित हुन्छ । 
  • किशोरावस्थाको क्रममा शारीरिक तथा मनोसामाजिक समस्याहरू पनि अभिभावकलाई बताउने बानीले सही मार्गदर्शन तथा निर्णय लिने क्षमता अभिवृद्धि हुन्छ ।
  • बालबालिकालाई घर बाहिर, हुन सक्ने दुव्र्यवहार वा आपतमा फस्न सक्ने सम्भावनाबाट बचाउन सकिन्छ ।

सकारात्मक सञ्चार 

  • कुरा गर्नु अघि बालबालिकालाई ध्यानाकर्षण गर्ने ।
  • बालबालिकाको तहमा एक अर्काले देखिने गरी हेर्ने ।
  • बालबालिका बोल्नुको अर्थ या मह¬व दिने ।
  • आवश्यकताअनुसार मागदर्शन गर्ने ।
  • नम्रता, लेग्रो तानेर बोल्ने । 
  • अनुरोध, आग्रह प्रेरणादायी शब्द प्रयोग गर्ने ।
  • बालबालिकाको कुरा सुन्ने र इज्जत गर्ने । 
  • उनीहरूको चाहना इच्छालाई पूरा गर्न नसकिने अवस्थामा झुठो आशा र हौसला नगर्ने ।
  • बालबालिकालाई हो, छ, या सकारात्मक हौसला दिई उत्प्रेरित गर्ने ।
  • बालबालिकालाई उनीहरूको बुभ्ने तरिकाले प्रशंसा गर्ने । 

कमजोर सञ्चार

  • बढी निर्देशन, कडा र ठुलो आवाजमा, हेपेर कुरा गर्नु ।
  • बेकार या वाहियात ठानेर कुरा गर्नु ।
  • नकारात्मक: नगर, नहेर, नभन मात्र प्रयोग गर्ने ।
  • खिल्ली उडाउने ।
  • गालीगलौज गर्दै प्रतिक्रिया गर्ने ।

युनिसेफ नेपाल

प्रतिक्रिया