सुन उही हैन र ?
अर्जुन पराजुली
२०८० साउन ५ गते ९:२०

पशुपतिमा चढाएको सुनमा चाहिँ
कुँद्ने चणउन लाउनेको नाम
तस्करी गरेर ल्याएको सुनमा
खै कुँदेको ल्याउन लाउनेको नाम ?
हेप्नुको पनि सीमा हुन्छ नि हजुर
सुन उही हैन र ?
कि सुन पनि
कुनै मालिक जस्तो, कुनै मजदुर जस्तो हुन्छ ?
ल्याउन लाउनेको नाम नै नकुँदेपछि
तस्करीमा परेको त्यो सुनले अब
पशुपतिको सुनको अगाडि मुख कसरी देखाउनु ?


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया