‘गायब’ चिनियाँ विदेशमन्त्री प्रेममा रहेको चर्चा, को बन्दैछ नयाँ?

२०२२ डिसेम्बरमा पद सम्हालेका चिनियाँ विदेशमन्त्री क्विन गाङबारे अहिलेसम्म कुनै खबर छैन। दुई हप्ताअघि विदेश मन्त्रालयले उनको स्वास्थ्यस्थिति खराब रहेको बताएको थियो। यसलाई लिएर चीनकै सामाजिक सञ्जालमा विभिन्न खालका अफवाह फैलिएका छन्।
केही सञ्चारमाध्यमले चिनियाँ राष्ट्रपति सी जिनपिङले छिटै मा झाओसुलाई नयाँ विदेशीमन्त्री बनाउन सक्ने लेखेका छन्। हाल उनी उच्च कूटनीतिज्ञ हुन् र विदेश मन्त्रालय दोस्रो वरियतामा छन् ।
इन्डोनेसियाबाट सुरु भएको समस्या
दुई हप्तअघि इन्डोनेसियामा एउटा सम्मेलन भएको थियो। त्यसमा भाग लिने सबै पदाधिकारीलाई परम्परागत पोसाक तयारी बनाइएको थियो। भारतका विदेशमन्त्री जयशंकर पनि त्यहाँ उपस्थित थिए। तर चीनले आयोजकलाई विदेशमन्त्री गाङको स्वास्थ्य प्रतिकूल भएका कारण उपस्थित हुन नसक्ने जानकारी दियो।
वास्तवमा यो घटनाभन्दा निकै अगाडिदेखि गाङ सार्वजनिक रूपमा देखिएका छैनन्। यस्तै विदेश मन्त्रालयले पनि यसबारे केही बताउन चाहेको छैन। यस्तोमा प्रश्नहरू जन्मिनु स्वाभाविक हो। तर अन्य देशका उच्च अधिकारीसँग कूटनीतिकस्तरको वार्ता कसले गर्ने भन्ने अन्योल बनेको छ। चीनले आगामी महिना साउथ अफ्रिकामा हुने ब्रिक्स देशको सम्मेलनमा कसलाई पठाउँछ भन्ने पनि स्पष्ट छैन।
समाचार संस्था रोयटर्सका अनुसार चीनमा यस्तो विषय नयाँ होइन। तर जसरी उसले विश्वलाई दबदबामा राख्ने कोसिस गरेको छ र अर्कातिर गाङ बेपत्ता हुनेजस्ता खबर आउँछन् त्यतिबेला भने पारदर्शितामाथि प्रश्न स्वाभाविक रूपमा उठ्छ।
वासिंटनमा डाइरेक्टर अफ चाइन प्रोगामका युन सुनले गाङको अनुपस्थितिले गम्भीर प्रश्न उठेको बताए। यसले चीनप्रतिको विश्वासलाई असर पार्ने उनको भनाइ छ। यता बिहीबार विदेश मन्त्रालयका प्रवक्ताले गाङबारे आफूलाई केही जानकारी नभएको बताएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार सीले छिटै मा झाओसुलाई विदेशमन्त्री नियुक्त गर्नेछ। ५९ वर्षीय झाओसु लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर र उप–विदेशमन्त्री छन्। गाङझैं झाओसुलाई पनि राष्ट्रपति सीको विश्लासिलो पात्रका रूपमा हेरिन्छ।
अफवाहकै बीचमा कतिले गाङ टिभी एंकर जियोतियानसँग प्रेमसम्बन्धमा रहेको र त्यही कारणले उनलाई हटाइएको भनेका छन्। जितोतियान अहिले चीन छोडेर अमेरिका पुगेको दाबीसमेत गरिएको छ। गाङ २०२२ मा अमेरिकाका लागि चिनियाँ राजदूत थिए। जितोयिनले उनको अन्तर्वार्ता लिएको र त्यहीबेलादेखि दुवैबीच प्रेम सुरु भएको पनि केही पश्चिमा मिडियाले उल्लेख गरेका छन्। गाङसहित जियोतियान पनि टिभी स्क्रिनबाट गायब भएका छन्। २५ जुन पनि उनको सार्वजनिक झलक देखिएको छैन। क्याम्ब्रिजबाट स्नातकोत्तर गरेकी उनी चीनकी महँगी टिभी एंकर मानिन्छन्।
बेलायती अखबार ‘डेली मेल’ ले गाङ–जियोतियानको सम्बन्ध मार्च २०२२ मा सुरु भएको लेखेको छ।
प्रतिक्रिया