बिहीबार, जेठ २, २०८२

धरानमा गोली हानी एक युवकको हत्या

नेपालखोज २०८० साउन ५ गते १९:२९

विराटनगर । सुनसरीको धरानमा गोली हानी विराटनगरका युवकको हत्या गरिएकाे छ । शुक्रबार सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएकाे हाे ।

चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ । चौधरीसँगै आएकी महिला सकुसल रहेकी छन् । चौधरीमाथि तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानेको बताइएको छ ।

प्रतिक्रिया