आइतबार, वैशाख १६, २०८१

हिन्दू धर्म ग्रहण गर्ने हलिउड स्टार

नेपालखोज २०८० साउन ६ गते १५:२७

काठमाडाैं । हलिउड अभिनेत्री जुलिया रोबर्ट्सले क्रिश्चियन धर्म त्यागेर सनातन धर्म अपनाएकी छिन् । सन् २०१० मा एक अन्तर्वार्ताका क्रममा उनले यो घोषणा गरेकी थिइन् ।

हलिउडका सुपरस्टार सिल्भेस्टर स्टेलोनको पनि हिन्दू धर्ममा अटल आस्था छ । अभिनेता ह्युज ज्याकम्यान पनि हिन्दू धर्ममा विश्वास गर्छन् । उनले उपनिषद र भगवद् गीता पनि पढेका छन् ।

आइरन म्यानको नामबाट विश्वभर प्रसिद्ध, रोबर्ट डाउनी जूनियर हिन्दू धर्मसँग धेरै नजिक छन् । उनी इस्कनको हरे कृष्ण आन्दोलनसँग सम्बन्धित छन् ।

चर्चित हाँस्य कलाकार रसेल ब्राण्डलाई पनि हिन्दु संस्कृति निकै मन पर्छ, उनले केटी परीसँग हिन्दू रीतिरिवाज अनुसार विवाह गरेका थिए ।

एन्जेलिना जोलीले पनि सनातन धर्म ग्रहण गरेकी छिन् । अभिनेत्री जोलीले सनातन धर्मको मुख्य सम्प्रदाय बौद्ध परम्परालाई अपनाएर बौद्ध धर्मको शिक्षालाई आफ्नो जीवनको उद्देश्य बनाएकी छिन् ।

हलिउडकी पप क्वीन म्याडोनाले सनातन धर्म ग्रहण गरेकी छिन् । उनी श्रृंगार गर्दा हिन्दू महिलाजस्तै देखिन्छिन् र भगवानको पूजा-आरती आदि पनि गर्छिन् ।

चर्चित हलिउड अभिनेता ब्राड पिट बौद्ध परम्पराका अनुयायी हुन् ।

प्रतिक्रिया